NDFN Logo

मृत्यूदर्ता कसरी बनाउने?

मृत्यूदर्तासम्बन्धी जानकारी यस सामाग्रीमा समेटिएको छ।

व्यक्तिको मृत्यु भएको ३५ दिन भित्रमा
– मृत्युको सूचना परिवारको मूख्य व्यक्ति वा निजको अनुपस्थितिमा सबैभन्दा जेठो व्यक्तिले अनुसूची ३ बमोजिम सूचना दिनुपर्ने ।
– मृतकको नागरिकता प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
– मृतकको नागरिकता वा पति÷पत्नी वा छोराको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
आमा बाबुको मृत्यु भएको सूचना दिने कर्तव्य भएको व्यक्ति नभएको अवस्थामा विवाहित छोरी समेत,
विवाहित दिदी बहिनीको मृत्युका सम्बन्धमा वंशज तर्फ कोही पनि नभएको प्रमाणित भएको खण्डमा माईती तर्फका दाजु भाई समेत,
बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा नगरपालिका र गाउँपालिकाको प्रमुख वा उपप्रमुख र निजहरुको पद रिक्त भएको अवस्थामा सम्बन्धित वडा सचिवको सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था नभएको नगरपालिकाको हकमा कार्यकारी अधिकृत ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्