NDFN Logo

परिकल्पना, ध्येय र उद्देश्य

हाम्रो लक्ष्य भनेको बहिरा अधिकार हो ।

सांकेतिक भाषामा हेर्नुहोस्

परिकल्पना

सुदृढ बहिरा संजाल, पहिचान र अधिकार प्राप्त स्वाभीमानी बहिरा समुदाय

ध्येय

वकालत पैरवी, सञ्जाल विस्तार तथा क्षमता विकास गर्दै बहिरा समुदायको सशक्तीकरण गर्ने

उद्देश्य

  • १)    नेपाली बहिरा समुदायको पहिलो भाषा नेपाली सांकेतिक भाषाको संकलन, विकास, विस्तार तथा तालीम प्रदान गर्ने । नेपाली सांकेतिक भाषालाइ बहिराहरुको पहिलो भाषाको रुपमा मान्यता दिलाउने ।
  • २)    बहिरा नागरिकहरुको हकअधिकार स्थापनाका लागि नीतिगत तहमा वकालत गर्ने । अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्वन्धि संयुक्त राष्ट्रसंघीय महासन्धिले प्रत्याभुत गरेका बहिरा नागरिकहरुको अधिकार प्रत्याभुतिका लागि वकालत गर्ने ।
  • ३)    देशका ७७ जिल्लामा स्थानीय बहिरा संघ गठन गर्ने र स्थानीय बहिरा संघहरुको क्षमता विकास गर्ने ।
  • ४)    बहिरा विद्यार्थीहरुलाइ बहिरामैत्री वातावरणमा शिक्षा लिने अधिकार प्राप्तिका लागि वकालत गर्ने । बहिरामैत्री शिक्षण विधि, वातावरण तथा पाठ्क्रमका लागि पहल गर्ने ।
  • ५)    बहिराहरुलाइ रोजगार मुलक सीप, तालिम आदि पाउनु पर्ने हक सुनिश्चित गर्र्न गराउन संघर्षरत रहने ।
  • ६)    प्रत्येक बहिराले साङ्केतिक भाषाको दोभाषे सुविधा प्राप्त गर्र्ने अधिकार तथा दोभाषे विकास गर्ने ।
  • ७)    बहिरा संस्कृति तथा बहिरा व्यक्तिहरुको सामाजिक, आर्थिक, सास्ंकृतिक अधिकार स्थापित गर्ने ।
  • ८)    बहिरा नागरिकहरुप्रतिको हेय र भेदभावपूर्ण सामाजिक दृष्टिकोण हटाइ समानताको धारणा विकास गर्ने ।
  • ९)    श्रवणदृष्टि विहीन व्यक्तिहरूको पहिचान तथा क्षमता विकास गर्ने ।
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्