
राष्ट्रिय बहिरा महासङ्घ नेपालले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको सहयोगमा नेपाल पर्यटन बोर्डद्वारा सञ्चालित दिगो पर्यटन परियोजना अन्तर्गत बहिरा युवाहरुका लागि संचालित बारिस्टा तालिम सम्पन्न भएको थियो । मिति २०८३ भदौ ८ गते देखि असोज ७ गतेसम्म जमलस्थित टिन टङ क्याफे एन्ड तालिम केन्द्र, काठमाण्डौमा २० जना र मिति २०८३ असोज ३ गते देखि २५ गतेसम्म कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, पोखरामा २० जना बहिरा युवाहरुका लागि संचालित उक्त बारिस्टा तालिममा सम्पन्न भएको थियो ।

उक्त तालिम काठमाडौँको जमलस्थित टिन टङ क्याफे एन्ड तालिम केन्द्रमा र पोखरास्थित कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा तालिम सञ्चालन गरेको थियो । तालिममा सहभागीहरुलाई कफी तथा अन्य पेय पदार्थ तयार गर्ने, कफी मेसिन तथा उपकरण सञ्चालन गर्ने, सरसफाइ कायम गर्ने, ग्राहक सेवा प्रदान गर्ने र व्यावसायिक व्यवहारसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो । सहभागीलाई प्रमाणपत्र वितरण समेत प्रदान गरिएको तालिम समापन कार्यक्रममा महासङ्घका महासचिव सिताराम ओझाले सहभागीलाई सिकेको सीप व्यवहारमा लागू गर्दै रोजगारी तथा स्वरोजगारका अवसर खोज्न आग्रह गर्नुभएको थियो । तालिम लिएर मात्र नपुग्ने भएकाले सिकेको सीपलाई निरन्तर अभ्यास गर्दै होटल, क्याफे, बेकरी तथा पर्यटन क्षेत्रका विभिन्न व्यवसायमा जोडिनुपर्ने बताउनु भएको थियो ।

तालिमको मुख्य उद्देश्य बहिरा व्यक्तिको व्यावसायिक सीप विकास गर्दै सम्मानजनक रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्नु र पर्यटन तथा आतिथ्य क्षेत्रमा उनीहरूको समावेशी सहभागिता अभिवृद्धि गर्नु रहेको महासङ्घले जनाएको छ । तालिमले बहिरा युवाहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै होटल, क्याफे, बेकरी तथा पर्यटन तथा आतिथ्य क्षेत्रका रोजगारी र स्वरोजगारका अवसरमा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ ।
