NDFN Logo

हाम्रो परिचय

नेपालमा बहिरा व्यक्तिहरूको अधिकारको अभियानलाई नेतृत्व गर्नको लागि सन् १९९६ देखि राष्ट्रिय बहिरा महासंघ नेपाल कार्यरत रहेको छ । हाम्रो लागि बहिरा व्यक्तिको शिक्षा, स्वास्थ्य र रोजगारी प्राथमिकताका विषय हुन् ।

राष्ट्रिय बहिरा महासंघ नेपाल National Federation of the Deaf Nepal (NDFN) को स्थापना बहिराहरुको अधिकार र विकासका लागि छाता संगठनको रुपमा २०५२ सालमा  भएको हो । आठ स्थानीय बहिरा संघहरुको पहलमा गठन भएको यो महासंघमा हाल ५३ वटा स्थानीय बहिरा संघहरु आबद्द छन् । सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुलाई बहिरा भन्ने गरिन्छ । बहिरा समुदाय सांकेतिक भाषामा सञ्चार गर्ने भाषिक अल्पसंख्यक समुदाय हुन् ।  उनीहरु सञ्चारमा पहुँचका लागि स्थानिय भाषा र संस्कृतिका आधारमा विकसित भएका संकेतहरुको दृश्य संचारमा पूर्णरुपमा निर्भर हुन्छन् ।

बहिरा महासंघले बहिरा व्यक्तिको पहिलो भाषाको रूपमा नेपाली साङ्केतिक भाषाको मान्यता, विकास र प्रसारका साथै पैरवी पनि गर्दै आइरहेको छ साथै नेपालमा एक जिल्ला एक स्थानीय बहिरा संघ गठन गर्ने नीति अनुसार स्थानीय बहिरा संघहरुको गठन र उनीहरूको क्षमता अभिवृद्धि, नेतृत्व तथा जागरूकता, बहिरालाई दोभाषे सेवा, अधिकार, सामाजिक समानता र भेदभाव मुक्त बहिरा समुदाय का लागि पैरवीका कार्यहरु गर्दै आइरहेका छन् । तर पनि अझै बहिरा व्यक्तिहरूसँग सञ्चार, शिक्षा, स्वास्थ्य, सीप प्रशिक्षण, र रोजगारीमा पहुँचयुक्त छैन ।

यस महासंघले आफ्नो स्थापनाकाल देखि नै बहिराहरूको हकअधिकार तथा विकासका सवालमा विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै आइरहेका छन् । महासंघले पहिलोपटक आफ्नो रणनीतिक योजना २०१८ –२०२२ तयार गरेको छ । बहिराहरुको विकासको लामो पाठ्यक्रममा यस रणनीतिक योजनाको विकासले महासंघको इतिहास, विकास र गतिविधिहरु सम्झन र हामीले के र कसरी ग¥यौं र भविष्यका लागि हामीले कुन कुन नयाँ रणनीतिहरू अपनाउनुपर्दछ भनेर नाप्न अवसर दिनुका साथै साझेदार संस्थाहरूलाई महासंघ तथा बहिरा व्यक्तिहरूको आवश्यकता र सहयोगका मुद्दाहरूको पहिचान गर्नबारे सजिलो बनायो । सन् २०७२ को भूकम्पपछि महासंघले अन्य उद्देश्यहरूको साथसाथै प्राकृतिक विपत्तिका बारेमा रणनीतिक उद्देश्य पनि समावेश गरि प्राकृतिक प्रकोपमा सचेतना र सुरक्षामा काम समेत गरेको थियो । २०७६ सालको अन्त तिर देखी सुरू भएको कोरोना महामारीमा महासंघले बहिरा व्यक्तिहरूको सुचना तथा संचारमा पहुँचको विषयलाइ प्रार्थमिकताका साथ उठाएको छ र सुचनाको हक प्राप्तीमा बहिरा समुदाय लाभावान्वित भएका पनि छन् ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्