NDFN Logo

सवालगत रणनीतिक परिणामहरु

राष्ट्रिय बहिरा महासंघ नेपालले बिभिन्न सवालहरूमा योजना तयार गरेर कार्य गरिरहेको छ ।

two people drawing on whiteboard
Deaf Federation Planning Meeting

शिक्षा तथा खेलकुदः

बहिरामैत्री वातावरणका माध्यमबाट बहिरा समुदायको गुणस्तरीय शिक्षामा पहु‘च अभिबृद्धि गर्ने ।

 रोजगारीः

बहिरामैत्री वातावरणको निर्माण एवं क्षमता विकास गरी बहिरा समुदायको रोजगारीका अवसरहरु अभिबृद्धि गर्ने ।

 नेपाली साङ्केतिक भाषा र सञ्चारः

नेपाली साङ्केतिक भाषको विकास, व्यवसायिक दोभाषे, प्रमाणीकरण, दोभाषे सेवाको उपलब्धता एवं आधुनिक दुरसञ्चारका प्रविधिहरुमाथि बहिरा समुदायको सर्वसुलभ रुपमा पहुंच अभिबृद्धि गर्ने ।

स्वास्थ्यः

स्वास्थ्य हेरविचार तथा सेवाबारे बहिरा समुदायमा जनचेतना, सुचना एवं सेवामा पहुँच बढाउने ।

सञ्जाल निर्माण तथा संस्थागत विकासः

जिल्ला बहिरा संघ तथा महासंघको सञ्जाल, पहिचान एवं संस्थागत क्षमता अभिबृद्धि गर्ने । श्रवणदृष्ट्री बिहीन संघ, संघहरुको महासंघ  निर्माण गर्ने र श्रवणदृष्ट्री बिहीनहरुको पहिचान, अधिकार र विकासमा परिचालन गर्ने ।

नागरिक तथा राजनैतिक अधिकारः

सामाजिक, नागरिक तथा राजनैतिक अधिकार तथा संरचनाहरुमा बहिरा समुदायको बुझाई, सहभागिता तथा पहुँच अभिबृद्धि गर्ने ।

प्रकोप व्यवस्थापनः

प्राकृतिक प्रकोपबाट सुरक्षित रहने उपाय एवं उद्धारका बारेमा बहिरा समुदायमा जनचेतना एवं पहुँच अभिबृद्धि गर्ने ।

 

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्