NDFN Logo

बहिरा समुदायका विद्यमान् सवाल तथा गतिविधिहरु

नेपालमा बहिरा समुदायका धेरै प्रकारका विद्यमान अवस्था रहेको छ ।

person's left hand

नेपाली साङ्केतिक भाषाको विकास 

नेपाली साङ्केतिक भाषाका नयाँ सङ्केतहरुको संकलन तथा चित्राङ्कन गर्ने, राष्ट्रिय गोष्ठीबाट अनुमोदन गराइए प्रकाशन गर्ने

  • नेपाली साङ्केतिक भाषाको विभिन्न सामग्री, शब्दकोष आदि प्रकाशन गर्ने
  • नेपाली साङ्केतिक भाषाका मोबाइल एप्लिकेशन विकास गर्ने
  • नेपाली साङ्केतिक भाषाका कक्षाहरु संचालन गर्ने

बहिरा अधिकार सम्वन्धमा नीतिगत तहमा वकालत पैरवी

  • नेपाली साङ्केतिक भाषा अनुसन्धान तथा विकास केन्द्र, दोभाषे तालीम केन्द्रको सथापना, व्यवसायिक दोभाषे तालीम तथा प्रमाणीकरण, बहिरा नागरिकहरुलाई दोभाषे सेवा, नागरिक तथा राजनैतिक अधिकार, महामारी तथा प्राकृतिक प्रकोपका सुचना, सुरक्षा तथा सेवासुविधामा बहिरा समुदायको पहुंच, बहिरा समुदायको रोजगारीमा पहुंच, बहिरामैत्री शिक्षा, र्शक्षिक सामाग्री तथा शिक्षण पद्धति, बहिरा मैत्री सुचना। बहिरामैत्री सञ्चार प्रविधिको स्थापना, सवारीचालक अनुमतिपत्र, सांकेतिक भाषामा समाचार, कार्यक्रम तथा सुचना सामग्री निर्माण तथा प्रशारण, साधनश्रोतमा पहुंच आदि सवालहरुमा वकालतपैरवी
  • स्थानीय, प्रदेश, केन्द्रीय तहका निकायहरु, विभिन्न संघसंस्था तथा राष्ट्रिय र अन्तरर्राष्ट्रिय तहमा प्रतिनिधित्व

गुणस्तरीय शिक्षा

  • बहिरा मैत्री शिक्षण सिक्ने सामाग्री विकास
  • साङ्केतिक भिडियो शिक्षण पद्धतिमा
  • शिक्षक तालिम

बहिरा सञ्जालको विकास तथा क्षमता विकास

  • बहिरा संघहरुको गठन
  • प्रदेश समिति गठन
  • महासंघ अन्तर्गतका समितिहरु, प्रदेश समिति तथा जिल्ला बहिरा संघहरुको नेतृत्व तथा संस्थागत क्षमता विकास तथा श्रोतमा पहुंचतालीम तथा समन्वय
  • अभिभावक जागरुकता कार्यक्रम

श्रवणदृष्टि विहीनता

  • श्रवणदृष्टि विहीनता को पहिचान र अधिकारका लागि वकालत पैरवी तथा सहकार्य
  • बहिरादृष्टिबिहीनको पहिचान, तथ्यांक संकलन, क्षमता विकास, शिक्षा, स्वास्थ्य अधिकार
  • स्पर्श सांकेतिक भाषा, ह्यापटिक सिग्नल तथा संचारका वैकल्पिक माध्यम तथा तरिकाको विकास विस्तार ।
  • बहिरादृष्टिबिहीन संघ, संघहरुको महासंघ निर्माण गर्ने र बहिरादृष्टिबिहीनहरुको पहिचान, अधिकार र विकासमा परिचालन गर्ने ।

राजनैतिक अधिकारमा पहुँच

  • बहिरा समुदायालाई राजनैतिक अधिकार तथा निर्वाचन सम्वन्धि वकालतपैरवी, जनचेतनामूलक कार्यक्रम, तालीम सञ्चालन गर्ने
  • बहिरामैत्री निर्वाचन तालीम निर्देशिका, श्रोत पुस्तिका निर्माण गर्ने
  • बहिरामैत्री निर्वाचन सुचनासम्वन्धि पोष्टर, भिडियो सामग्री निर्माण गर्ने
  • बहिरा समुदायलाई निर्वाचन सुचना पु¥याउने, निर्वाचनमा सहभागी हुन सहयोग गर्ने

प्राकृतिक प्रकोप तथा महामारीका समयमा सुचना तथा सेवासुविधामा

  • प्राकृतिक प्रकोप तथा महामारी सम्वन्धि उचित जानकारी, सजगताका उपायहरु, बहिरा मैत्री सुचना निर्माण तथा प्रशारण, बहिरा समुदायालाई दोभाषे सुवा, सेवासुविधा तथा राहत लगायतका सामाग्रीहरु वितरणका लागि वकालत, सहकार्य गर्ने
  • प्राकृतिक प्रकोप तथा महामारी सम्वन्धि सजगताका सामग्रीहरु सांकेतिक भाषामा निर्माण गर्ने, सामासजक सञ्जाल मार्फत बहिरा समुदायमा पु¥याउने, राहत वितरण गर्ने, दोभाषे सेवा उपलब्ध गराउने

सरकारी सेवासुविधामा पहुँच

  • सरकारका विभिन्न निकायबाट अपाङ्गता भएका समुदायका लागि प्राप्त हुने विशिष्टिकृत अधिकार जस्तै अपाङ्गता परिचयपत्र शिक्षा, सामाजिक सुरक्षा, लगायत शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका सम्पूर्ण सेवासुविधाहरु पहुंचका लागि सुचना तथा सेवा प्रदान प्रणाली बहिरामेत्री बनाउनका लािग वकालत पैरवी गर्ने
  • निःशुल्क कानुनी सेवा प्रदान गर्ने
  • दोभाषे सेवा प्राप्त गर्ने
  • स्थानीयदेखि केन्द्र सम्म उपलब्ध साधनश्रोतहरुमा पहुँच
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्