
संयुक्त राष्ट्रसंघले घोषणा गरेको साङ्केतिक भाषाहरूको नवौँ अन्तर्राष्ट्रिय दिवस २०८३ को अवसरमा राष्ट्रिय बहिरा महासङ्घ नेपाल मिति २०८३ असोज ७ गते भृकुटीमण्डप, काठमाडौंमा “बहिरा नागरिकहरूको पहिचान तथा अधिकारका लागि जनचेतनामूलक दीप प्रज्वलन” कार्यक्रमको आयोजना गरेको थियो । साङ्केतिक भाषाहरूको नवौँ अन्तर्राष्ट्रिय दिवस २०८३ मा सहभागीहरुलाई वितरण गर्नका लागि नेपाली केटाकेटी अवेनिर, पाइला पाइला कोष, श्रवणदृष्टिविहीन अभिभावक समाजवाट बहिरा अधिकार सम्बन्धि नारा लेखिएका टि- सर्ट र लायन्स क्लबवाट जुस एवं खानेपानी ऐक्यवद्दता सहित सहयोग प्राप्त भएको थियो ।

कार्यक्रममा २०८३ भदौ १० गते रसुवामा गएको भोटेकोशी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत अपाङ्गता अधिकार प्रवर्द्धन शाखा प्रमुख नीरा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि समीक्ष्या निरौला, प्रमुख, सामाजिक विकास
विभाग, काठमाडौं महानगरपालिका एवं पूर्व संविधानसभा सदस्य राघववीर जोशीको उपस्थिति रहेको थियो । दीप प्रज्वलन कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका संघ/संस्थाका प्रतिनिधि, राष्ट्रिय साङ्केतिक भाषा दोभाषे सङ्घ नेपाल तथा बाहिर समुदाय गरी करिब ३६० जनाको सहभागिता रहेको थियो ।

प्रमुख अतिथिबाट दीप प्रज्वलन शुभारम्भ गरीएपछि कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा दीप प्रज्वलन गरेका थिए । दिवसका अवसरमा साँझा SKY Tower बहिरा नागरिकको पहिचानसंग जोडिएको निलो बत्ती बालिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि एवं बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बहिरा समुदायको पहिचान, बहिरा संस्कृति, सांकेतिक भाषाको बिकास, दोभाषे सेवा सेवा बहिरा समुदायको हकअधिकार प्रबर्धन गर्नका सहयोग र सहकार्य गर्ने प्रतिवद्दता जनाएका थिए । जनचेतनामूलक दीप प्रज्वलन” कार्यक्रमले बहिरा नागरिकहरूको पहिचान, अधिकार र साङ्केतिक भाषाको महत्त्वबारे जनचेतना अभिवृद्धि गरेको बिश्वास महासंघले गरेको छ ।
