NDFN Logo

मुल्य र मान्यता

persons right foot on white wall

Showing values of NDFN in a circular cycle image

समानता र सामाजिक समाबेशीता

बहिरा समुदायको समानता, अपाङ्गताको मूलप्रवाहीकरण तथा समावेशीकरणको सवाल उठाउदै आएको महासंघ बहिरा समुदायविरुद्धका हरेक विभेदलाई अन्त्य गर्ने, हरेक प्रकारका अधिकार तथा अवसरमा समान पहु‘च स्थापनालाई महासंघले मूलमन्त्र बनाएको छ ।

लैङ्गिक समानता

महासंघले महासंघका कार्यक्र तथा संरचनाहरुमा समान लैङ्गिक सहभागिता र प्रतिनिधित्वका लागि कतिवद्ध छ ।

नेपाली साङ्केतिक भाषाको एकरुपता

देशैभरिका बहिरा संघ तथा बहिरा विद्यालयहरुबाट सङ्केतहरु संकलन एवं अनुमोदन गरी नेपालमा प्रयोग गरिने साङ्केतिक भाषाको एकरुपतामा महासंघले ध्यान दिने
गर्दछ ।

निष्पक्षता

आफ्ना क्रियाकलापहरु प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि लिङ्ग, जातजाती, विश्वास, सामाजिक परिस्थिता आदिका आधारमा महासंघले विना भेदभाव निष्पक्ष, स्वतन्त्र तथा स्वायत्त ढंगले काम गर्दछ । साथै योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा निर्णय प्रक्रियामा महासंघले निष्पक्षता अबलम्वन गर्दछ ।

इमान्दारिता र पारिदर्शिता

महासंघ संस्थागत नीति, निर्णय, क्रियाकलाप एवं आर्थिक कारोवारहरुका सम्वन्धमा पारदर्शिता एवं सुचनााको हकको सुनिश्चितता गर्दछ ।

विविधताको सम्मान

महासंघ हरेका प्रकारका जातजाति, जनजाति, लिङ्ग, तह, धर्म तथा समुदायको सम्मान र समान व्यवहारको सम्मान गर्दछ ।

लक्षित वर्गप्रति ध्यान केन्द्रित

महासंघ आम नेपाली बहिरा नागरिकहरुको छाता संगठनको रुपमा महासंघले सबै बहिरा नागरिकहरुको अधिकार, विकास, सबै बहिरासंघहरुलाइ समान व्यवहार, परामर्श, सहभागिता, पहिचान, क्षमता विकासका लागि काम गर्दछ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्