NDFN Logo

कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

https://www.jobsnepal.com/karamacara-pathaparata-samabnathha-sacana-133168

राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपालमा रहेको सुनाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रियस्तरको संस्था हो । यस संस्थाद्वारा चितवन जिल्लाको भरतपुर महानगरपालिका तथा कालिका नगरपालिकामा श्रवणदृष्टि विहीनता तथा अन्य जटिल प्रकारका अपाङ्गता भएका बालबालिकाका शिक्षाका लागि सञ्चालित समावेशी शिक्षा परियोजनामा १७ महिना कार्यकालका लागि तल उल्लेखित योग्यता पुगेका नेपाली नागरिकहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ ।

दरखास्तका साथमा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिक प्रमाणपत्रको प्रतिलिपिहरू र अद्यावधिक व्यक्तिगत विवरण संलग्न गरि मिति २०८१ जेठ ३ गते कार्यालय समयभित्र इमेल (vacancy@deafnepal.org.np) मार्फत पेश गर्न सूचित गरिन्छ । म्याद नाघी आएका र रित नपुगेका दरखास्त उपर कुनै कारवाही हुने छैन ।

१) पद: उद्यमशीलता प्रबर्धन तथा अभिभाबक संजाल व्यवस्थापक अधिकृत (Entrepreneurship development and parents network management Officer) 

संख्या१ जना
कार्य क्षेत्रभरतपुर महानगरपालिका र कालिका नगरपालिका चितवन
न्युनतम् शैक्षिक योग्यता
  • मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक तह (कृषि, लघुवित्त, उद्यमशीलता, ग्रामीण विकास, समाज शास्त्र  वा सो सरह ) उतिर्ण वा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरि अपाङ्गता भएका व्यक्ति वा उनीहरूको अभिभाबकहरूको आयमुलक क्षेत्रमा ३ वर्ष कार्य गरेको |
बान्छनीय योग्यता
  • कम्तिमा २ वर्ष आय उत्पादन र मार्केटिङमा विशेषज्ञता हासिल गरेको र व्यावसायिक सीपहरूको तालिम दिने कार्यको अनुभव भएको ।
  • नेपाल सरकारको सामुदायिक सिप तथा उद्यमशीलता विकास कार्यक्रमको बारेमा राम्रो ज्ञान भएको र सम्बन्धित निकयाहरूसँग समन्वयमा काम गर्न सक्ने ।
  • समुदायमास्तरमा आयमुलक कार्यका क्षेत्रमा न्यूनतम १ वर्षको कार्य अनुभव भएको | अपाङ्गताको  सवालमा कार्य गरेकालाई बिशेष प्राथमिकता दिईनेछ |
  • परियोजना सञ्चालन हुने क्षेत्रहरूमा यात्रा गर्न सक्ने ।

२) पद: घरमा आधारित शिक्षक  (Home Based Educator) 

संख्या२ जना
कार्य क्षेत्रभरतपुर महानगरपालिका र कालिका नगरपालिका चितवन
न्युनतम्  शैक्षिक योग्यता
  • मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक तह (बि. एड. वा सो सरह) उतिर्ण वा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरि समुदायमा आधारित शिक्षाका क्षेत्रमा ३ वर्ष कार्य गरेको |
  • आधारभूत तहको अध्यापन अनुमतिपत्र भएकोलाई विशेष प्राथमिकता ।
बान्छनीय योग्यता
  • गम्भीर र जटिल अपाङ्गता भएका बालबालिकासँग समुदायमा आधारित पुर्नस्थापनामा कार्यमा न्यूनतम १ वर्षको कार्य अनुभव।
  • व्यक्तिगत शैक्षिक योजना  तजुर्मा सम्बन्धमा जानकारी भएको ।
  • श्रवणदृष्टि विहीनता तथा अन्य जटिल प्रकारका अपाङ्गता भएका बालबालिकालाई समुदायमा गई घरभेट मार्फत सिकाउन  तथा अभिभावकलाई तालिम दिन सक्ने।
  • विद्यालय भर्ना भएका जटिल प्रकारका अपाङ्गता भएका बालबालिकालाई आवश्यकता अनुरुप  विद्यालयमा गई सिकाई सहयोग गर्न सक्ने ।

बिशेष ग्राहयता: समावेशी शिक्षामा कार्य अनुभव, बिशेष आवश्यकता शिक्षा ज्ञान भएको र सांकेतिक भाषा, ब्रेल तथा सञ्चारका अन्य वैकल्पिक माध्यमहरूका बारेमा ज्ञान भएको र अभिभावक, बालबालिका, विद्यालयका अन्य कर्मचारी र समुदायमा व्यवसायिक र सकारात्मक सम्बन्ध कायम गर्न सक्ने  ।

राष्ट्रिय बहिरा महासंघ नेपाल आफ्नो कार्य क्षेत्रमा पर्ने बालबालिका तथा जोखिममा पर्न सक्ने व्यक्तिहरू तथा संस्थामा आबद्ध कर्मचारी र सरोकारवालाहरूको सुरक्षालाई उच्च  प्राथमिकतामा राख्दछ तसर्थ छनौटमा परेका उम्मेदवारहरूको यस सम्बन्धमा’ उच्च प्रतिबद्धता  साथै अन्तर्वाताको समयमा कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न नभएको पुलिस क्लियरेन्स रिपोर्ट अनिवार्यरुपमा बुझाउनु पर्नेछ ।

पुनश्च: अपाङ्गता क्षेत्रमा काम गरेको अनुभवलाइ विशेष प्राथमिकता दिइनेछ । अपाङ्गता भएका व्यक्ति र उनीहरूका अभिभावक, महिला, मधेशी, मुस्लिम, दलित तथा पछाडी परेका तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई प्रस्ताव गर्न प्रेरित गरिन्छ |

कर्मचारी छनोट प्रक्रियाको सम्पूर्ण प्रक्रिया र छनोट गर्ने वा नगर्ने सम्बन्धि निर्णय गर्ने अधिकार महासंघमा निहित हुनेछ | टेलिफोन मार्फत सोधपुछ नगर्न सुचित गरिन्छ |

प्रकाशित मिति : २०८०  बैशाख २१  गते

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्