NDFN Logo

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसमा आयोजित अन्तरक्रिया

डिसेम्बर १९, २०१७ मा संयुक्त राष्ट्र संघले सन् २०१८ मा शुरु हुने गरि हरेको वर्ष सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो | संयुक्त राष्ट्र संघको सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रुपमा मनाउने निर्णय सुनाईसम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिहरुको पहिचान तथा सांकेतिक भाषाको महत्वका सम्वब्धमा जनचेतना जगाउनका लागि महत्वपूर्ण कदम हो | विश्वका झन्डै ७ करोड बहिरा नागरिकहरुको प्रतिनिधित्व गर्ने विश्व बहिरा महासंघ र हरेक देशका बहिरा संघ संस्थाहरुले यस बर्षको अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउदै छौ | यस वर्षको अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको नारा "सांकेतिक भाषा  सबैका लागि हुन्" रहेको छ |   साथै विश्व बहिरा महासंघ र हरेक देशका बहिरा संघहरुले हरेक वर्ष सेप्टेम्बर २३ को सप्ताहलाई अन्तर्राष्ट्रिय बहिरा सप्ताहका रुपमा सप्ताहव्यापी रुपमा संसारभरी विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउदै आएका छौं | यस वर्षको बहिरा सप्ताहको विषय "बहिरा व्यक्तिहरूको मानव अधिकारको पुनः पुष्टि" भन्ने रहेको छ | राज्यले सांकेतिक भाषाको पहिचान तथा बिकासमा पर्याप्त ध्यान नदिदा सञ्चारमा अवरोध तथा बिभिन्न अधिकारहरुमा पहुँचमा अवरोध झेल्नुपरेको छ |सांकेतिक भाषा दृश्यात्मक संकेतको माध्यमबाट सञ्चार गर्ने बहिरा नागरिकहरुको पहिलो भाषा हो, बहिरा समुदायको पहिचान, शिक्षा तथा विकासको मुख्य आधार हो | अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस आम बहिरा नागरिकहरुको पहिचान र विकासका लागि अत्यन्त अवसर हो |

कोरोना भाइरसको यस असहज अवस्थामा नेपालमा रहेका झन्डै ३ लाख बहिरा नागरिकहरुका अधिकारका लागि छाता संगठनका रुपमा स्थापित राष्ट्रिय बहिरा महासंघ नेपालले अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस र अन्तर्राष्ट्रिय बहिरा सप्ताहका महत्वपूर्ण अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्न लागेको छ | यसै सन्दर्भमा राष्ट्रिय बहिरा महासंघ नेपाल, भाषा आयोग,संयुक्त राष्ट्रसंघ र अष्ट्रेलियन राजदुतावासको सहकार्यमा तपशील बमोजिम बहिरा समुदाय र सांकेतिक भाषाको महत्व बिषयक अन्तरक्रिया एवम् बहिरा महासंघले अष्ट्रेलियन राजदुतावासको सहयोगमा हालै प्रकाशन गरेको नेपाली सांकेतिक भाषाका विभिन्न सामग्रीहरुको बिमोचन कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराउन चाहन्छु | कोरोना भाइरसका कारण उक्त कार्यक्रम अनलाइनमा हुने  व्यहोरा हार्दिक अनुरोध गर्दछु | उक्त कार्यक्रम महासंघको फेसबुक पेज facebook.com/NDFNNepal बाट live प्रशारण गरिनेछ |

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्