NDFN Logo

'' अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि सूचना तथा संचारमा पहुँच सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न ''

'' अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि सूचना तथा संचारमा पहुँच सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न ''

'' अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि सूचना तथा संचारमा पहुँच सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न ''

321532953_5813710265339405_8969679972693069038_n

२०७९, पौष १३      बुधबार

राष्ट्रिय बहिरा महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि सुचना तथा संचारमा पहुँच सम्बन्धि कार्यशाला आयोजना गरेको छ ।  काठमाडौँमा बुधबार आयोजित उक्त कार्यक्रममा विभिन्न सरकारी निकायका तथा संघ संस्थाहरुका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो . उक्त कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रfलायकी उपसचिव जमुना मिश्रले अपाङ्गता भएका व्यक्तिहरुको सूचना तथा संचार साथै पहुँचयुक्त भौतिक संरचनाको लागि गरिएका प्रयास साथै भाबी योजनामाथि प्रकास पार्नुभयो . साथै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको  अभिभाबक महासंघका अध्यक्ष राजु बस्नेतले काठमाडौँका विभिन्न २२ वटा सरकारी निकायमा पुगेर तयार पारिएको प्रतिबेदन प्रस्तुत गर्नुभयो . प्राप्त सूचना तथा तथ्यका आधारमा पँहुचयुक्त सुचना र संचारमा वकालत गर्ने मुख्य उदेश्यका साथ पहुँचयुक्तता लेखापरीक्षण गरिएको उहाले बताउनुभयो . साथै सहभागीहरुले आआफ्नो क्षेत्रमा रहेको समस्याको बारेमा जानकारी गराउदै टेलिभिजनमा प्रसारण गरिने समाचारमा बहिरा व्यक्तिहरुको लागि व्यवस्था गरिएको सांकेतिक भाषा दोभालाई स्क्रीनको ३३ प्रतिसत छुट्टाइनुपर्ने अन्तरास्ट्रिय अवधारणा कर्यन्वयन गरिनुपर्ने, श्रवणद्रिस्टिबिहिनका लागि स्पर्श संचारको व्यवस्था गरिनुपर्ने, सबै सरकारी भवनहरु अपाङ्गमैत्री हुनुपर्ने साथै अपाङ्गता सम्बन्धि सम्पूर्ण नियमकानुन प्रभाबकारी बनाउनुपर्ने कुरामा बिशेष जोड दिनुभएको थियो ।

321010594_876796530442512_3526172734530638783_n321418561_1397377367463986_4584357524310893704_n321605622_720324133040495_7389465567445548712_n

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्