
मिति २०८३ कात्तिक १५ गते सम्पन्न सप्तरी बहिरा संघ, सप्तरीको १२ औँ वार्षिक साधारण सभा तथा ४ औँ अधिवेशनबाट अध्यक्ष अरबिन्द कुमार चौधरीको नेतृत्वमा ७ सदस्य कार्यसमिति निर्वाचित भएको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष - किरण कुमारी यादव, सचिव - रोशन कुमार झा, कोषाध्यक्ष - अमित रायमाझी तथा सदस्यहरुमा - बिकास कुमार साह, पुनम कुमारी यादव र प्रज्वल यादव निर्वाचित भएका छन् ।