
मिति २०८३ कात्तिक १५ गते सम्पन्न पर्सा बहिरा संघ, पर्साको ५ औँ वार्षिक साधारण सभा तथा १६ औँ अधिवेशनबाट अध्यक्ष समीक्षा सापकोटाको नेतृत्वमा ९ सदस्य कार्यसमिति निर्वाचित भएको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष - आरजु खातुन, सचिव - कृष्ण टिबेडवाल, कोषाध्यक्ष - जुल्फकार अंसारी तथा सदस्यहरुमा - प्रभात कुमार मिश्र, उमेश कुमार गुप्ता, जगदीश कम्ती, शिल्पा कुमारी कर्ण र अब्दुल इशदि हुसेन निर्वाचित भएका छन् ।