NDFN Logo

अपाङ्गता समावेशी SRHR सम्बन्धी समन्वय बैठक सम्पन्न

Image

राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा एम्प्लिफाई चेन्जको सहयोगमा “यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारमा पहुँचका लागी अपाङ्गता भएका व्यक्तिका सँस्थाहरूको क्षमता (SCOPE for SRHR) कार्यक्रम” अन्तर्गत संघीय स्तरका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा सरोकारवालाहरुसंग समवन्य बैठक मिति २०८३ कात्तिक १८ गते काठमाण्डौमा  सम्पन्न भएको थियो । अपाङ्गता समावेशी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) का क्षेत्रमा भएका गतिविधि र प्रगतिको जानकारी आदानप्रदान गर्नुका साथै विभिन्न संघसंस्थाका प्रयास तथा असल अभ्यासहरू साझा गर्ने उद्देश्यले बैठक आयोजना गरिएको थियो । बैठकमा अपाङ्गता समावेशी यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी नीति, कार्यक्रम तथा बजेट, स्वास्थ्य सेवामा पहुँच, सचेतना अभिवृद्धि र कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूबारे छलफल गरिएको थियो । साथै, अघिल्ला बैठकबाट पहिचान गरिएका साझा सवालका आधारमा आगामी दिनमा सहकार्य र संयुक्त पैरवीलाई प्रभावकारी बनाउने रणनीतिबारे छलफल गरिएको थियो ।

Image

साथै, छलफलका क्रममा SRHR का कार्य गर्ने संस्थाले गरेका असल अभ्यास, संयुक्त पैरवीका प्रयास, तयार गरिएका अपाङ्गता भएका व्यक्तिहरूको SRHR कार्यान्वयनमा संयुक्त भूमिका, संघिय स्तरमा कार्यरत OPDs र अन्य संस्थाबीच सहकार्य कसरी गर्ने भन्ने बिषयमा साझा रणनीति तय गर्ने बिषय मा सहकार्य भएको थियो । विशेषगरी यौन हिंसा, मिथक, अभिव्यक्ति स्वतन्त्रताको अभाव, र जटिल अपाङ्गतामा देखिने चुनौतीहरू समाधान गर्न नीतिगत तथा व्यवहारिक संयुक्त प्रयास, क्षमता विकास, डिजिटल पहुँच, अभिभावक सचेतना जस्ता बिषयमा आगामी दिनका लागी एक-अर्कालाई सहयोग गरि अगाडी बढ्ने बताएको थियो ।

Image
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram