NDFN Logo

नागरिकता कसरी बनाउने?

नागरिकताको बारेमा यस सामाग्रीमा समेटिएको छ।

कानुनी पहिचानको अधिकारलाई नेपालको संबिधानको धारा १० ले मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । कानुनी पहिचान दस्तावेजले व्यक्तिको अस्तित्वलाई राज्यले मान्यता दिएको पुष्टि गर्दछ । नेपालमा नागरिकताको प्रमाणपत्रलाई सबैभन्दा महत्वपूर्ण औपचारिक कानुनी दस्तावेजको रुपमा मानिएको छ, किनभने यो अरु पहिचानका दस्तावेज प्राप्त गर्न प्रायः आवश्यक हुन्छ । यो एउटा यस्तो दस्तावेज हो, जसले कुनै व्यक्ति नेपालको नागरिक हो भनी आधिकारिक रुपमा औंल्याउँदछ ।
नगरिकता कहिले, कहाँ र किन बनाउने
१६ वर्ष उमेर पुरा भए पछी
वडा कार्यालयको सिफारीसमा जिल्ला प्रशासन कार्यालय बाट्र
आवश्यक कागजात
जन्मदर्ता,
वडा कार्यालयको सिफारिस,
आमा वा वुवाको सक्कली नागरिकता,
पासपोर्ट साईजको फोटो २ प्रति
किन आवश्यक?
नागरिकता पाए पछी मात्रै व्यक्ति देशको नागरिक बन्छ र नागरिकताको प्रमाणपत्र विना व्यक्तिहरु विवाह, जन्म वा मतदाता सूचीमा दर्ता हुन, जग्गा किनबेच गर्न, पेशागत परीक्षामा बस्न, बैंकमा खाता खोल्न र ऋणको पहुँचबाट वञ्चित हुन्छन् ।
नागरिकता प्रतिलिपि
- अनुसूचि फारम सम्बन्धित स्थानीय तहबाट सिफारिस र फोटो ३ प्रति
- नागरिकता प्रमाणपत्र नम्बर एवम् जारी मिति खुलेको प्रमाण र सो को प्रतिलिपि।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्