NDFN Logo

राष्ट्रिय बहिरा महासंघको ११ सदस्यीय नयाँ कार्यसमिति चयन

वैशाख ६ गते भएको बहिरा महासंघको महाधिवेशनले के पी अधिकारीको नेतृत्वमा ११ जना सदस्य भएको नयाँ कार्यसमिति चयन गरेको छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

राष्ट्रिय बहिरा महासंघ नेपालको नयाँ कार्यकसमिती चयन भएकाे छ । मकवानपुर बहिरा संघको व्यवस्थापनमा २०७८ बैशाख ५ र ६ गते हेटौंडामा सम्पन्न भएकाे  बहिरा राष्ट्रिय भेला एवम् २४ औं वार्षिक साधारणसभा तथा ९ औं राष्ट्रिय महाधिवेशनले महासंघको नयाँ कार्यसमिति चयन गरेको हाे ।

९ औ राष्ट्रिय महाधिवेशनबाट केपी अधिकारीको अध्यक्षतामा ५ महिलासहित निर्वाचित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।  अधिकारी यसअघि पनि महासंघका अध्यक्ष पदमै थिए । पुनः एक अर्काे कार्यकालका लागि निर्वाचित हुँदै अधिकारीकै नेतृत्वमा नयाँ कार्यसमिति चयन भएकाे हाे ।

महासंघकाे वरिष्ठ उपाध्यक्षमा सत्यदेवी वाग्ले (काठमाडौं) र उपाध्यक्षः प्रतिमा गुरुङ्ग (नवलपुर) निर्वाचित भएका छन् । यसैगरी महासचिवमा सन्तोष के. सी. (बर्दिया), सचिवमा शर्मिला मानन्धर (काभ्रे) र कोषाध्यक्षमा दिनेश पनेरु (कैलाली) निर्वाचित भएका हुन् ।

नयाँ कार्यसमिति सदस्यमा सन्तोष पौडेल (मकवानपुर), सीताराम ओझा (भोजपुर), धर्मदत्त फडेरा (हुम्ला), प्रमिला थकाली (कास्की) र शिखा प्रधान (ललितपुर) चयन भएका छन् ।

हेटौंडामा सम्पन्न राष्ट्रिय भेला एवम् २४ औं वार्षिक साधारणसभा तथा ९ औं राष्ट्रिय महाधिवेशनमा महासंघमा आबद्ध ४६ जिल्ला बहिरा संघहरुमध्ये ४२ जिल्ला बहिरा संघहरुबाट साधारण सदस्य संख्याको आधारमा प्रतिनिधिहरू तय भए बमोजिम १४२ जना प्रतिनिधिहरु तथा महासंघमा आबद्ध हुने क्रममा रहेका ७ जिल्ला बहिरा संघहरुबाट १-१ जना पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

साधारणसभाले आ. व. २०७६/०७७ को वार्षिक कार्यप्रगति प्रतिवेदन एवं आर्थिक लेखापरीक्षण प्रतिवेदन, आ. व. २०७७/०७८ को लागि बहिरा समुदाय केन्द्रित प्रस्तावित कार्यक्रम तथा बजेट पनि पारित गरेको थियो । साधारणसभाले महासंघको आर्थिक नीतिमा समयानुकुल संशोधन प्रस्ताव समेत पारित गरेको छ ।

press-baktabya_NDFN_Baisakh-9_2078-scaled

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्