NDFN Logo

शिक्षण सिकाइ सामग्री विकाससम्बन्धी तीनदिने कार्यशाला सम्पन्न

Image

राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना तथा अपाङ्गता अधिकारका लागि सामूहिक कार्य (CADiR - Collective Action for Disability Rights) को सहयोगमा ३ दिने शिक्षण सिकाइ सामग्री (Teaching-Learning Materials – TLMs) तथा वैयक्तिक शैक्षिक योजना (Individual Educational Plans – IEPs) सम्बन्धी कार्यशाला मिति २०८३ भदौ १३ देखि १५ गते सम्म भरतपुर, चितवनमा भएको छ । उक्त कार्यशालामा भरतपुर र कालिका नगरपालिकाका घरमा आधारित शिक्षक, स्रोत कक्षा शिक्षक तथा प्रारम्भिक बालविकास (ECD) शिक्षक गरी जम्मा २६ जनाको सहभागिता रहेको थियो । कार्यशालाको मुख्य उद्देश्य अपाङ्गता भएका विद्यार्थीका लागि समावेशी, पहुँचयोग्य, बहु-संवेदी र विद्यार्थी केन्द्रित शिक्षण सिकाइ सामग्री विकास तथा प्रयोग गर्न शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नु रहेको थियो । कार्यशालाका क्रममा सार्वभौमिक सिकाइ डिजाइन (Universal Design for Learning – UDL) को अवधारणालाई शिक्षण सिकाइमा प्रयोग गर्ने, कम लागतमा स्पर्शात्मक (Tactile) तथा दृश्य (Visual) सामग्री निर्माण गर्ने र विद्यार्थीको आवश्यकता तथा क्षमताअनुसार वैयक्तिक शैक्षिक योजना (IEP) तयार तथा कार्यान्वयन गर्ने विषयमा व्यावहारिक अभ्यास र छलफल गरिएको थियो ।

एक सहभागी शिक्षकले कार्यशालाले विविध आवश्यकता भएका विद्यार्थीका लागि उपयोगी र पहुँचयोग्य शिक्षण सामग्री आफैँ निर्माण गर्न व्यावहारिक मार्गदर्शन प्रदान गरेको बताएका थिए । कार्यशालाबाट प्राप्त ज्ञान तथा सीपलाई कक्षाकोठामा प्रयोगमार्फत विद्यार्थीहरूको सिकाइ, आत्मअभिव्यक्ति र सक्रिय सहभागिता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram