NDFN Logo

अपाङ्गता भएका व्यक्तिहरूका लागि कस्ता नि:शुल्क ब्यबसायिक तालिम उपलब्ध छ?

अपाङ्गता भएका व्यक्तीहरूले निशुल्क प्राप्त गर्ने व्यवसायिक तालिमहरूको बारेमा यस सामाग्रीमा उल्लेख गरिएको छ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि नि:शुल्क ब्यबसायिक तालिम
सुविधा : अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरण का लागि राज्यले निःशुल्क तालिमको व्यवस्था गरेको छ।
सुविषा प्रदान गर्ने निकाय
- महिला, वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय , समाज कल्याण परिसद अन्तर्गत संचालित " राष्ट्रिय अपाङ्ग कोष "
- CTEVT, यसका स्थानीय शैक्षिक तथा तालिम केन्द्रहरु
- घरेलु तथा साना उद्योग विभाग र जिल्ला घरेलु कार्यालय
- जिल्ला कृषि कार्यालयहरु
-अपाङ्गता क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाहरु
सुविधा प्राप्त गर्ने प्रक्रिया
उल्लेखित निकायहरुले तालिमका लागि आवेदन गर्न निश्चित ढाँचा मा तयार गरिएको फारम वा तोकिएको प्रक्रिया वा जारी गरिएका सूचना अनुसार आवेदन दिने। आवेदनको साथमा अपाङ्गता परिचय पत्र संलग्न हुनुपर्ने।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्