NDFN Logo

,

राष्ट्रिय बहिरा महासंघ नेपालमा साङ्केतिक भाषाको दोभाषे आवश्यकता

राष्ट्रिय बहिरा महासंघ नेपालमा साङ्केतिक भाषाको दोभाषे आवश्यकता
बहिरा नागरिकहरुको छाता संगठन यस राष्ट्रिय बहिरा महासंघ नेपाललाइ १ जना साङ्केतिक भाषाको महिला दोभाषे कर्मचारीको आवश्यकता परेको हुनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रिर्तपुर्वक आवेदन माग गरिएको छ ।
पदः नेपाली साङ्केतिक भाषा दोभाषे
न्यूनतम् शैक्षिक योग्यताः प्रमाणपत्र तह उत्तीर्ण, नेपाली साङ्केतिक भाषाको कम्तीमा ६ महिना तालीम लिएको
अनुभवः नेपाली साङ्केतिक भाषाको दोभाषेको रुपमा कम्तीमा २ वर्ष काम गरेको, अंग्रेजी र नेपाली साङ्केतिक भाषामा दोभाषे गर्न सक्ने
बुझाउनुपर्ने कागजपत्रहरुः आवेदन, बायोडाटा, पासपोर्ट साइजको फोटो, तालीम तथा शैक्षिक प्रमाणपत्र
आवेदन बुझाउने अन्तिम मितिः २०८१ जेष्ठ १३ गते आइतवार
आवेदन बुझाउने ठेगानाः राष्ट्रिय बहिरा महासंघ नेपाल, रानीबारी, काठमाडौं
इमेलः vacancy@deafnepal.org.np
छोटो सुचीमा परेका उम्मेदवारहरुलाइ मात्र छनौट प्रक्रियाका लागि सम्पर्क गरिनेछ । टेलिफोन सोधपुछ नगर्नुहोला ।
प्रकाशित मितिः २०८१ जेष्ठ ६ गते आइतवार
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्