NDFN Logo

श्रवणदृष्टि विहीन युवा क्याम्प तथा अभिभावक कार्यशाला सम्पन्न

राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना तथा नेलम्बोको सहयोगमा ४ दिने श्रवणदृष्टि विहीन युवा क्याम्प र अभिभावक राष्ट्रिय कार्यशाला मिति २०८३ असार ५ गते देखि ८ गते सम्म नयाँगाउँ, कास्कीमा सफलतापूर्वक सम्पन्न भएको थियो । श्रवणदृष्टि विहीन बालबालिका तथा युवाहरु र उनीहरुका अभिभावकहरुलाई गमनशिलता, जिवीकोपार्जन तथा डिजिटल सम्बन्धी अभिमुखिकरण तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । श्रवणदृष्टि विहीनता भएका व्यक्ति उनीहरुका अभिभावक, नेपाली साङ्केतिक भाषा दोभाषे र सहयोगी गरी कुल ६० जना (३२ महिला र २८ पुरुष) को सहभागिता रहेको थियो ।

Image

उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी गण्डकी प्रदेशका माननीय स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुलाई सिकाइ निरन्तर आवश्यक रहेको र उनीहरुको सूचना जानकारी प्राप्त गर्न अधिकार महत्वपुर्ण रहेको बताउनु भएको थियो ।

Image

जिल्ला प्रहरी कार्यालय कास्कीका अधिकारीहरूद्वारा इन्टरनेट तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर अपराध र यस सम्बन्धी कानूनी प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो । सहभागीहरूले स्थानीय कालिज तथा मौरीपालन फार्म र व्यावसायिक कृषि अवलोकन गरेका थिए । दोस्रो दिन बिहान सराङकोटको पदयात्रा गर्दै गमनशिलताको अभ्यास गरिएको थियो । एनईएमबी बैंकका कर्मचारीबाट बचत र डिजिटल बैंकिङको सुरक्षित प्रयोग सम्बन्धि वित्तीय साक्षरता तालिम  दिइएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधिले साइबर सुरक्षासम्बन्धी तालिम प्रदान गर्नुभएको थियो ।  तालिमले उनीहरू र उनीहरूका अभिभावकहरुको वित्तीय साक्षरता र साइबर सुरक्षा सम्बन्धि बुझाइ बिकास गर्न  मद्दत गरेको थियो ।  तेस्रो दिन सहभागीहरूले २,००० मिटर उचाइमा रहेको ऐतिहासिक कास्कीकोट गढीको पदयात्रा पश्चात दिगो जीविकोपार्जन सत्रमा सरकारी अनुदान, छुट र साना व्यवसायका विचारहरूबारे छलफल गरिएको थियो । कार्यक्रमको चौथो दिन वाटर पार्कमा पूर्ण सुरक्षा उपायहरूसहित पौडी, वाटर स्लाइड र Deep Pools र साहसी खेलको अनुभव लिएका थिए । जहाँ पूर्ण श्रवणदृष्टि विहीन बालबालिकाहरूले पानीप्रतिको डरलाई जितेर पूर्ण आत्मविश्वासका साथ जल गतिविधिहरूमा सहभागिता जनाएका थिए ।

Image

श्रवणदृष्टि विहीन युवा तथा बालबालिकाहरुको सक्रिय सहभागिता रहेको उक्त एकीकृत क्याम्पले उनीहरुको क्षमता बिकास, आत्मबल गर्नमा ठूलो सहयोग पुगेको छ । साङ्केतिक भाषा दोभाषे र सहयोगीहरूको माध्यमबाट समग्र कार्यक्रमलाई पूर्ण पहुँचयुक्त बनाइएको थियो । पहुँचयुक्त वातावरण निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरूले जुनसुकै चुनौती पन्छाएर अघि बढ्न सक्छन् भन्ने सन्देश यस कार्यक्रमले दिएको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्