राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना तथा नबिल बैंक र Financial Literacy Nepal को सहकार्यमा मिति २०८२ चैत २१ गते ६२ जना बहिरा युवाहरूलाई शेयर बजार सम्बन्धी तालिम काठमाण्डौंमा सम्पन्न भएको थियो ।

तालिममा सहभागीहरूलाई शेयर बजार, SIP (Systematic Investment Plan), Munual Fund, सुरक्षित लगानी कसरी गर्ने, जोखिम व्यवस्थापन गर्ने तथा दीर्घकालीन वित्तीय योजना बनाउने सम्बन्धी आधारभूत ज्ञान तथा सीप प्रदान गरिएको थियो । उत्साहित सहभागीहरूले तालिमले शेयर बजार सम्बन्धी स्पष्ट जानकारी पाएको बताएका थिए ।

तालिम समापनमा महासंघका महासचिव सिताराम ओझाले आगामी दिनमा यस्ता थप तालिमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।