NDFN Logo

बाग्मती  प्रदेश समितिको अधिबेशन सम्पन्न

मिति २०८३ साउन १७ गते सम्पन्न राष्ट्रिय बहिरा महासंघ नेपाल बाग्मती  प्रदेश समितिको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट अध्यक्ष कृष्ण गजुरेल (काठमाण्डौ) को नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष - जसोदा कडेल (मकवानपुर), सचिव- धिरोज अधिकारी (काभ्रे), कोषाध्यक्ष - विष्णु कार्की (दोलखा) र सदस्यहरुमा - धन बहादुर थापा (सिन्धुली), प्रताप थापा मगर (चितवन), शर्मिला गोले (मकवानपुर), रिता भारती (सिन्धुपाल्चोक) तथा प्रवण राज जोशी (ललिपुर) निर्वाचित भएको छन् । नवगठित समितिले बाग्मती  प्रदेशमा रहेका बहिरा नागरिकहरूको हक-अधिकार संरक्षण र प्रवर्द्धनका लागि जिल्ला बहिरा संघहरू, नागरिक समाज तथा सम्बन्धित सरकारी निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Image
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्