NDFN Logo

चितवनमा दुई महिने नेपाली साङ्केतिक भाषा तालिम सम्पन्न

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयवाट  काठमाडौँ महानगरपालिकामार्फत प्राप्त वार्षिक अनुदान कार्यक्रम अन्तर्गत राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा दुई महिने आधारभूत नेपाली साङ्केतिक भाषा दोभाषे तालिम चितवनमा मिति २०८३ जेठ १० गते सम्पन्न भएको छ ।  स्थानीय तहमा दक्ष दोभाषे उत्पादन गरी बहिरा नागरिकहरूको सञ्चारमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले मिति २०८२ चैत्र १२ गते आरम्भ भएको उक्त तालिममा  कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका १३ जिल्लाबाट जम्मा १३ जना (मः१० र पुः३) सहभागीहरूको सहभागिता रहेको थियो ।

Image

तालिममा नेपाली साङ्केतिक भाषाका शब्द संकेत, बहिरा समुदायसँगको सञ्चार शैली, व्यवहारिक प्रयोग, दोभाषेको भूमिका, व्यावसायिक आचारसंहिता तथा पेशागत अवसर र चुनौतीबारे प्रशिक्षण प्रदान गरिएको थियो । प्रमुख प्रशिक्षक कृष्ण गजुरेल तथा राष्ट्रिय साङ्केतिक भाषा दोभाषे संघ नेपालका उपाध्यक्ष दिनेश श्रेष्ठले प्रशिक्षण सहजीकरण गर्नुभएको थियो ।

Image

कार्यक्रम समापन समारोहमा वक्ताहरुले साङ्केतिक भाषा दोभाषे सेवाको आवश्यकता दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै यसले शिक्षा, स्वास्थ्य, कानुनी सहायता तथा सार्वजनिक सेवामा बहिरा नागरिकहरूको पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरेको थियो । महासंघका अध्यक्ष सन्तोष के.सी.ले देशका ७५३ वटै स्थानीय तहमा साङ्केतिक भाषा दोभाषे परिचालन गर्ने दीर्घकालीन लक्ष्य रहेको जानकारी दिनुभयो । तालिमले स्थानीय तहमै दक्ष दोभाषे उत्पादन गरी समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

  • Simrik Sanchar बाट साभार गरिएको समाचार यहाँ हेर्नुहोस् ।
  • Kalika FM बाट साभार गरिएको समाचार यहाँ हेर्नुहोस् ।
  • समता प्रेसबाट साभार गरिएको समाचार यहाँ हेर्नुहोस् ।
  • Bizpati बाट साभार गरिएको समाचार यहाँ हेर्नुहोस् ।
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्