NDFN Logo

अपाङ्गता समावेशी यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तारमा जोड

राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना र एम्प्लिफाई चेन्ज को सहयोगमा  शिक्षासंग सम्बन्धित सरकारी निकायहरुसंग मिति २०८३ जेठ ६ गते काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार (SRHR) सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो । SRHR सम्बन्धी विद्यमान नीति तथा कार्यक्रम एवं अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा पहुँच बढाउन समान बुझाइ र सहकार्य बढाउनु कार्यक्रमको उद्देश्य रहेको थियो ।

Image

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका लागि पाठ्यक्रम परिमार्जन, शिक्षक तालिम र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, सूचनामा पहुँच बढाउन ब्रेल, नेपाली साङ्केतिक भाषा र चित्रात्मक ढाँचामा बृहत् यौनिकता शिक्षा सामग्री निर्माण गर्ने तथा साङ्केतिक भाषाको शब्दावली विकास गर्ने आदि विषयमा  छलफल भएको थियो । कार्यक्रम समापन गर्दै राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष के. सी. ज्यूले अपाङ्गता भएका व्यक्तिहरूको विविध आवश्यकता बुझेर एकै खाले बुझाई लागू गर्नु प्रभावकारी नहुने कुरा बताउनु भएको थियो । नेपालमा समावेशी SRHR नीति र सेवाहरूको पहुँच सुनिश्चित गर्न आगामी दिनमा सबै सरोकारवालाहरू मिलेर संयुक्त रुपमा जानु पर्ने कुरामा जोड दिदैं कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका सवालमा सरकारी निकाय एवं अपाङ्गता भएका व्यक्तिका संघसंस्थाहरु बीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

Image
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्