NDFN Logo

बहिरा व्यक्तिहरूका लागि सामाजिक सुरक्षाको बारेमा जानकारी

बहिरा व्यक्तिहरूका लागि सामाजिक सुरक्षामा के कस्ता व्यवस्था छन् त भनेर यो सामाग्रीमा थाहा पाउन सकिन्छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई समाजमा स्वतन्त्र र स्वावलम्बन पूर्वक जीवनयापन गर्न सक्ने गरी सक्षम बनाउन अपाङ्गता भएका व्यक्तिको योगदान रहने गरी स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्नेछ ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिलाई नेपाल सरकारले तोके बमोजिम मासिक जिवनयापन भत्ता रकम उपलब्ध गराइने छ ।
विपन्न परिवारका बहिरा अपाङ्गता भएका बेरोजगार व्यक्तिलाई नेपाल सरकारले तोके बमोजिमको बेरोजगार भत्ता समेत उपलब्ध गराइने छ ।
हाल निलो रङ्गको अपाङ्गता परिचय पत्र भएका बहिरा व्यक्तिले स्थानीय तह बाट मासिक रु १,६०० सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गरिएको छ । अपाङ्गता अधिकार नियमावली २०७७ मा यो अधिकार उल्लेख छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्