बहिरा अपाङ्गता भएका व्यक्तिहरूका लागि राजनितिक सहभागिता सँग सम्बन्धित व्यवस्थाका बारेमा यो सामाग्रीमा बुझ्नसकिन्छ ।
अपाङ्गता भएका व्यक्तिलार्ई अन्य व्यक्ति सरह समान आधारमा भयमुक्त वातावरणमा निर्वाचनमा उम्मेदवार हुने र स्वेच्छिक रूपमा कसैको सहयोग लिई वा नलिई मतदान गर्ने अधिकार रहेको छ ।
नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई मतदानको प्रक्रिया, सुविधा र सामग्रीलाई पहुँचयुक्त तथा बुझ्न र प्रयोग गर्न सक्ने गरी उपयुक्त व्यवस्था मिलाउनु पर्ने छ । (अपाङ्गता अधिकार एन २०७४ )