NDFN Logo

राहदानी

राहादानीसम्बन्धी जानकारी यस सामाग्रीमा समेटिएको छ।

राहदानी
- रितपूर्वक भरिएको दर्खास्त फारम २ प्रति
- नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सो को १ प्रति प्रतिलिपि
- हालसालै खिचिएको निर्धारित ढाँचा को (MRP) फोटो ३ प्रति
- पहिले राहदानी लिएको भए सो को सक्कल प्रति र प्रतिलिपि
- राहदानी दस्तुर रु. ५,००० तिरेको रसिद र १० वर्ष मुनिको नाबालकको हकमा रु. २,५०० ( राहदानी हराएको/च्यातिएको वा कुनै किसिमले बिग्रेको भएमा दोब्बर दस्तुर लाग्नेछ। )
- निवेदक स्वयम् उपस्थित हुनुपर्ने।

नाबालकको हकमा
- नाबालकको हकमा जिल्ला प्रशासन कार्यालय बाट जारी गरिएको नाबालक परिचय पत्र र निजको बाबु आम मध्ये कुनै एक जनाको नागरिकताको प्रमाण पत्र र सो को प्रतिलिपि।
-संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखितको सक्कलप्रति त संरक्षकको नागरिकताको प्रमाण पत्र तथा त्यसको प्रतिलिपि।

द्रुत सेवाको राहदानी सिफारिस
- द्रुत सेवा मागको रु. १० को टिकेट टाँस गरि निवेदनसँगै निवेदक उपस्थित हुनुपर्ने छ
- माथि उल्लेखित राजस्व रसिद (दस्तुर) तिरेको बाहेक सबै कागजातहरु
- Online Form २ प्रति
- पेश परेको कागजातहरुको सक्कल लिएर आउनुपर्ने
- द्रुत सेवा १,२,३ दिनको लागि राहदानी विभाग जानु पर्ने छ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्