NDFN Logo

बहिरा व्यक्तिहरूका लागि निशुल्क स्वास्थ्य सेवा कसरी पाउने?

बहिरा नागरीकहरूले कानुन अनुसार निशुल्क स्वास्थ सेवा कसरी पाउन सक्छन भनेर यहाँ जानकारी गराईएको छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

अपाङ्गता अधिकार नियमावली २०७७ परिच्छेद ७, खण्ड २५ मा न्युन आय भएका र देहायबमोजिमका गम्भीर प्रकृतिका रोगको उपचारको लागि अस्पतालमा भर्ना भएका बहिरा तथा अन्य अपाङ्गता भएका व्यक्तिलाई सरकारी अस्पतालमा उपचार गराउदा देहायका रोगको उपचारमा लाग्ने सम्पर्ण खर्च नेपाल सरकारले व्यवहोर्नेछ:
क) मुटु रोग,
ख) मृगौला रोग,
ग) क्यान्सर,
घ) नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य रोग ।
निःशुल्क स्वास्थ्य सम्बन्धी अधिकार अपाङ्गता अधिकार नियमावली २०७७ मा उल्लेख गरिएको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्