NDFN Logo

अपाङ्गता परिचयपत्रको आधारमा प्राप्त हुने सेवासुविधाहरु

अपाङ्गता परिचयपत्रको आधारमा प्राप्त हुने सेवा तथा सुविधाको जानकारी यस सामाग्रीमा पाइन्छ।

अपाङ्गता परिचयपत्रको आधारमा बहिरा अपाङ्गता भएका व्यक्तिहरुले तपशील बमोजिमका सेवासुबिधाहरु तपशील बमोजिमका सरकारका निकायहरुबाट उपलब्ध रहेका छन् |
सामाजिक सुरक्षा भत्ता
स्थानीय गाँउपालिका वा नगरपालिका वडाकार्यालयबाट बहिरा व्यक्तिले हालको व्यवस्था अनुसार रू १६०० प्राप्त गर्दछन् । यसको लागि स्थानीय वडा कार्यालयमा सम्पर्क गरि आफ्नो परिचयपत्र अनुसार विवरण वुझाउनु पर्छ ।

यातायातमा छुट
देश भित्रका सबै निजी तथा सरकारी हवाई उडानमा प्रति उडान एकजना अपाङ्गता भएका व्यक्तिलाई भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ।
सार्वजनिक सडक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ।
निःशुल्क शिक्षा
कानुनका आधारमा अपाङ्गता भएका व्यक्तिहरुले निःशुल्क उच्च शिक्षा हासिल गर्न पाउने व्यवस्था छ।
सुविधा प्राप्त गर्ने प्रक्रिया :
त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरु मा आफुले प्राप्त गरेको अपाङ्गता परिचयपत्रको प्रतिलिपि सहित निःशुल्क अध्ययनका लागि आफुले अध्ययन गर्न चाहेको क्याम्पस प्रशासनमा आवेदन दिने वा क्याम्पस प्रशासनले आवेदनको लागि ढाँचा वा प्रक्रिया तोकेको भएमा सोही अनुसार गर्ने।
कानूनका अनुसार देशका हरेक सरकारी वा सामुदायिक विद्यालयमा अपाङ्गता भएका वालवालिकालाई नि: शुल्क शिक्षा प्रदान गरिनुपर्ने व्यबस्था छ।
अपाङ्गता परिचयपत्रको प्रतिलिपि सहित आफुले अध्ययन गर्न चाहेको विद्यालयमा निःशुल्क शिक्षाका लागि आवेदन दिने।
शैक्षिक छात्रवृत्ति
कक्षा १ देखि १० सम्मका अपाङ्गता भएका वालवालिकाको लागि उनीहरुको छात्रावासको सुविधा, विद्यालय पोशाक, शैक्षिक सामग्री खरिदका लागि छात्रवृत्ति प्रदान गर्ने व्यवस्था छ।
सुविधा प्राप्त गर्ने प्रक्रिया
छात्रवृत्ति अपाङ्गता भएका विद्यार्थीले आफुले पढ्दै गरेको विद्यालय बाट प्राप्त गर्नेछन्। यसका लागि विद्यार्थीले आफ्नो अपाङ्गता परिचयपत्र सहित विद्यालयमा सो छात्रवृत्तिको लागि दावी गर्न सक्नेछन्।
हरेक विद्यालय प्रशासनले आफ्नो विद्यालयमा भएका अपाङ्गता भएका विद्यार्थीको संख्याको आधारमा सम्बन्धित स्थानीय निकाय बाट निकासा माग्नुपर्ने र विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने।
स्थानीय नगर शिक्षा कार्यालयको माग भए अनुसारको छात्रवृत्तिको बजेट शिक्षा विभागले उपलब्ध गराउनेछ।
परिक्षामा थप समय उपलब्ध गराइने
अपाङ्गता कारण आएको कार्य सिमितताले अपाङ्गता भएका विद्यार्थीले सामान्यतया परीक्षाका लागि तोकिएको समय भित्र परिक्षा दिन नसक्ने र केहि समय थप आवश्यक छ भन्ने ठहर भएमा त्यस्ता विद्यार्थीलाई बढीमा एक घण्टा तीस मिनेटसम्म समय थप गर्न सकिने व्यवस्था छ।
स्वास्थ्य सेवामा छुट
सरकारी स्वास्थ्य केन्द्र वा अस्पतालहरुमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचारको प्रावधान छ। परिचयपत्रका आधारमा विभिन्न ७२ प्रकारका औषधि तथा केहि जटिल रोगको उपचार निःशुल्क हुन्छ । यसका लागि सामाजिक सुरक्षा इकाइमा सम्पर्क गर्नु पर्छ ।
अस्पतालमा शैया आरक्षित गरिने
अपाङ्गता भएका व्यक्तिहरुका लागि सरकारी अस्पतालमा निश्चित सङ्ख्यामा (पचास भन्दा बढी शैया भएको अस्पतालहरुमा अपाङ्गता भएका व्यक्तिहरुको उपचारका लागि बढीमा दुईवटा) शैयाहरु सुरक्षित गरिने प्रावधान छ। सुविधा उपभोग गर्ने व्यक्तिले आफुसँग भएको अपाङ्गता परिचय पत्र देखाएर यो सुविधा उपभोग गर्न पाउँछ।
रोजगारी तथा आय आर्जनको सुविधा
अपाङ्गता भएका व्यक्तिहरुका लागि निजामती सेवामा ५ प्रतिशत आरक्षण को व्यवस्था छ।
आयकरमा छुट
नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूको हकमा आयकर लाग्ने वार्षिक आम्दानीको दायरालाई अन्य व्यक्तिहरूको तुलनामा ५० प्रतिशतले फराकिलो बनाएको छ । अर्थात् आव २०६६/०६७ मा सामान्यतया विवाहित व्यक्तिलाई रु. २ लाखसम्ममा आयकर नलाग्नेमा अपाङ्गता भएका व्यक्तिहरूको हकमा रु. ३ लाखसम्मको वार्षिक आम्दानीमा आयकर लाग्दैन ।

निःशुल्क कानुनि सेवा
निःशुल्क कानुनी सेवाका लागि सरकारी वकिलको कार्यालय र स्थानीय सरकारको उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समितिबाट पाउन सकिन्छ ।

व्यवसायमा कर छुट

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्