NDFN Logo

जन्म दर्ता कसरी बनाउने?

यस सामाग्रिमा जन्मदर्ताको बारेमा उल्लेख गरिएको छ।

जन्म दर्ताः
जन्मदर्ता नेपालको संबिधान को धारा ३९ ले जन्म दर्तालाई संवैधानिक हकको रुपमा सुनिश्चित गरेको छ । जन्मदर्ता कानुनी पहिचानको आधारभूत दस्तावेज हो । नागरिकता लगायत अन्य अधिकार प्राप्त गर्न जन्मदर्ताको महत्वपूर्ण भूमिका रहन्छ । जन्मेको ३५ दिन भित्रमा जन्मदर्ता आफ्नो वडा कार्यालयमा गराउनु पर्दछ ।
आवश्यक कागजात
जन्मको सूचना परिवारको मूख्य व्यक्ति वा निजको अनुपस्थितिमा उमेर पुगेका पुरुषहरु मध्ये सबैभन्दा जेठो व्यक्तिले अनुसूची २ बमोजिम सूचना दिनुपर्ने ।
– बच्चाको बाबु, आमाको नागरिकता प्रमाणपत्र प्रतिलिपि पेश गर्नुपर्ने ।
– नगरपालिकाक्षेत्र भित्रको हुनुपर्ने ।

धर्मपुत्र पुत्रीको जन्म दर्ता गर्न कानून बमोजिम पारित लिखत समेत राखी धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु वा आमा, बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित नगरपालिका र गाउँपालिकाको प्रमुख वा उपप्रमुख र निजहरुको पद रिक्त भएको अवस्थामा सम्बन्धित वडा सचिवको सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था नभएको नगरपालिकाको हकमा कार्यकारी अधिकृत ।
के बाबुको ठेगाना नभएका बच्चाको आमाको नामबाट जन्म दर्ता गर्न मिल्छ ?
मिल्छ । बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता गर्न सूचना फारामको बाबुको विवरणको महलमा ठेगान नभएको व्यहोरा लेखि आमा सूचक बनि जन्मको घटना दर्ता गर्न सकिन्छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्