NDFN Logo

अपाङ्गता भएका व्यक्तिकालागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ को बारेमा जानकारी

अपाङ्गता भएका व्यक्तिकालागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ मा सुनाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि भनेर राखिएका व्यवस्थाका बारेमा जानकारी यो सामाग्रीमा पाईन्छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

अपाङ्गता भएका व्यक्तिकालागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ धारा १४ ले सञ्चारमा अवरोध भएका वहिरा तथा सुस्त श्रवण व्यक्तिहरुको लागि पहुँचयुक्त सञ्चार प्रणालीको सुनिश्चिता गर्नु पर्ने तथा प्रत्येक न्यूज च्यानल टेलिभिजन प्रसारण संस्था ले कम्तीमा दिनको एकपटक साङ्केतिक भाषामा समाचार प्रसारण गर्ने र हरेक समाचार वुलेटिन प्रसारण गर्दा मुख्य मुख्य समाचारलाई समानान्तर रुपमा साङ्केतिक भाषामा पनि प्रसारण गर्नु पर्ने, सरकारी वा निजी क्षेत्रबाट सर्वसाधारणको लागि टेलिभिजन मार्फत प्रसारण गरिने कुनै पनि अत्यावश्यक सूचनाहरु प्रसारण गर्दासँगसँगै साङ्केतिक भाषामा समेत प्रसारण गर्नु पर्ने व्यवस्था गरेको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्