NDFN Logo

शिक्षामा सबैको सहकार्य परियोजनाको मूल्याङ्कन बैठक सम्पन्न

राष्ट्रिय बहिरा महासंघ नेपालले सञ्चालन गरेको ‘शिक्षामा सबैको सहकार्यः श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूको अवरोध न्यूनीकरण’ परियोजनामाथि पोखरा महानगरपालिका परियोजना सल्लाहकार समितीको मुल्यांकन बैठक सामाजिक विकास महाशाखा पोखरामा सम्पन्न भएको छ । पोखरा महानगरका उपप्रमुखको प्रमुख आतिथ्यता तथा शिक्षा एवं सामाजिक महाशाखा प्रमुखहरूको उपस्थितिमा परियोजना मुल्यांकन बैठक सम्पन्न भएको थियो । बैठकमा बहिरा महासंघले  प्रस्तुत गरेको परियोजना अन्तर्गत श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूको शिक्षा सम्बन्धमा ३ वर्षसम्म संचालन गरेका क्रियाकलाप, हासिल भएका उपलब्धि, चुनौती, सरकारी निकायसंगको सहकार्य एवम् खर्च विवरणमाथि छलफल गरिएको थियो ।

Image

परियोजनाले कास्कीमा श्रवणदृष्टि विहीन बालबालिकाका लागि स्रोत कक्षा स्थापना गरी सरकारलाई हस्तान्तरण गरेको छ । जहाँ स्थानीय सरकारले आया र थेरापिस्टको व्यवस्था गरेको थियो । साथै, छात्रवृत्ति, भवन निर्माण, सृजना बहिरा विद्यालयका शिक्षकहरुलाई समावेशि शिक्षा तथा बालबालिकालाई स्पर्श संचार र ह्याप्टिक संकेत तालिम, साथि शिक्षा, युथ क्याम्प र पहिलो अन्तर्राष्ट्रिय डेफब्लाइण्ड सम्मेलन समेत सफलतापूर्वक आयोजना गरिएको जानकारी गराइएको थियो । महानगरका तर्फबाट  आगामी दिनमा अपाङ्गता क्षेत्रमा महानगरको प्राथमिकताका क्षेत्रहरुलाई समेटेर परियोजना संचालन गर्न एवम् सहकार्य गर्न सुझाव दिइएको थियो ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्