NDFN Logo

एट्लास एलाइन्सका प्रतिनिधिमा महासंघ भ्रमण

Atlas Alliance Norway र The Norwegian Association of the Blind and Partially Sighted (NABP) का प्रतिनिधिहरू Anders र Lykke सहितको टोलीले राष्ट्रिय बहिरा महासंघ नेपालको केन्द्रिय कार्याल भ्रमण गरेका थिए । भ्रमण पश्चात नेपालमा बहिरा समुदायको अवस्था,  राष्ट्रिय बहिरा महासंघ नेपालका क्रियाकलाप, उपलब्धि तथा आगामी योजना एवं सन्चाल हुन लागेको SIGNO सहयोग परियोजना सम्बन्धमा  छलफल  गर्नुभएको थियो । भ्रमणका क्रममा प्रतिनिधिहरूसँग महासंघले बहिरा, श्रवणदृष्टि विहिन तथा जटिल अपाङ्गता भएका बालबालिकाहरूको शिक्षा, सिकाइ, सहायता सेवा, जनचेतनामूलक तथा सहभागितामूलक कार्यक्रमको अवस्था, उपलब्धी, चुनौती लगायतका पक्षमा जानकारी गराएको  थियो ।  

Image

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्