Atlas Alliance Norway र The Norwegian Association of the Blind and Partially Sighted (NABP) का प्रतिनिधिहरू Anders र Lykke सहितको टोलीले राष्ट्रिय बहिरा महासंघ नेपालको केन्द्रिय कार्याल भ्रमण गरेका थिए । भ्रमण पश्चात नेपालमा बहिरा समुदायको अवस्था, राष्ट्रिय बहिरा महासंघ नेपालका क्रियाकलाप, उपलब्धि तथा आगामी योजना एवं सन्चाल हुन लागेको SIGNO सहयोग परियोजना सम्बन्धमा छलफल गर्नुभएको थियो । भ्रमणका क्रममा प्रतिनिधिहरूसँग महासंघले बहिरा, श्रवणदृष्टि विहिन तथा जटिल अपाङ्गता भएका बालबालिकाहरूको शिक्षा, सिकाइ, सहायता सेवा, जनचेतनामूलक तथा सहभागितामूलक कार्यक्रमको अवस्था, उपलब्धी, चुनौती लगायतका पक्षमा जानकारी गराएको थियो ।
