NDFN Logo

शेयर बजार सम्बन्धी तालिम

राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना तथा नबिल बैंक र Financial Literacy Nepal को सहकार्यमा मिति २०८२ चैत २१ गते ६२ जना बहिरा युवाहरूलाई  शेयर बजार सम्बन्धी तालिम काठमाण्डौंमा सम्पन्न भएको थियो ।

Image

तालिममा  सहभागीहरूलाई शेयर बजार, SIP (Systematic Investment Plan), Munual Fund, सुरक्षित लगानी कसरी गर्ने, जोखिम व्यवस्थापन गर्ने तथा दीर्घकालीन वित्तीय योजना बनाउने सम्बन्धी आधारभूत ज्ञान तथा सीप प्रदान गरिएको  थियो ।  उत्साहित सहभागीहरूले तालिमले  शेयर बजार सम्बन्धी  स्पष्ट जानकारी पाएको  बताएका थिए ।

Image

तालिम  समापनमा महासंघका महासचिव सिताराम ओझाले आगामी दिनमा यस्ता थप तालिमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको  थियो ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्