NDFN Logo

बहिरा व्यक्तिहरूको लागि दोभाषे सेवा व्यवस्थाको बारेमा जानकारी

सुनाई सम्बन्धी अपाङ्गता भएका लागि आवश्यक दोभाषे सेवा कहाँ र कसरी उपलब्ध हुन्छ भनेर यहाँ बुझ्नुहोला ।

सांकेतिक भाषामा हेर्नुहोस्

धारा ९ पहुँचयूक्ततामा सुविधाहरुको पहुँचमा सहजता प्रदान गर्न ब्यबसायिक साङ्केतिक भाषा अनुवादक लगायत प्रत्यक्ष सहयोग तथा सहयोगीहरु उपलब्ध गराउने तथा अपाङ्गता भएका व्यक्तिहरुको सूचनामा पहुँच सुनिश्चित गर्न अन्य उपयुक्त किसिमका सहायता र सहयोगको प्रबर्धन गर्ने व्यवस्था गरेको छ |

अपाङ्गता भएका व्यक्तिकालागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ धारा १५ मा पहुँचयुक्त सञ्चार प्रणालीको निर्माण र अभ्यासका लागि कुनै व्यक्ति, संस्था, समूह वा निकायले वहिरा वा सुस्त श्रवण व्यक्तिसँग सञ्चार वा विचार आदान प्रदान गर्नु पर्ने आवश्यकता भएमा त्यस्तो निकायले दोभाषेको व्यवस्था गर्नु पर्ने, सार्वजनिक सभा, समारोह, बैठक, भेला आदिमा वहिरा व्यक्तिको अभिव्यक्तिको स्वतन्त्रतालाई सुनिश्चित गराउन वा यस्ता कार्यक्रमहरुमा अन्य व्यक्तिबाट अभिव्यक्त हुने विचार वा गतिविधिको बारेमा जान्न वा थाहा पाउने अधिकारको संरक्षण गर्न यस्ता कार्यक्रम आयोजना गर्ने व्यक्ति, संस्था वा निकायहरुले दोभाषेको अनिवार्य व्यवस्था गर्नु पर्ने व्यवस्था गरेको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्