NDFN Logo

बहिरा व्यक्तिहरूको लागि सूचना तथा जानकारीको अधिकार का के के अधिकार छन्?

बहिरा अपाङ्गता भएका व्यक्तिहरूका लागि सुचना तथा जानकारी सँग सम्बन्धित व्यवस्थाका बारेमा यो सामाग्रीमा बुझ्नसकिन्छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सञ्चारका माध्यमबाट अपाङ्गमैत्री तथा पहुँचयुक्तताको आधारमा सूचना ताथ जानकारी पाउने अधिकार हुनेछ ।
सार्वजनिक सञ्चारका विद्युतिय प्रसारण संस्थाले नेपाल सरकारले तोके बमोजिमको संख्यामा साङ्केतिक भाषामा समाचार तथा अन्य कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।
अपाङ्गता भएका व्यक्तिलाई सर्वसाधारणको लागि लक्षित गरिएका सूचना थप शुल्क वा दस्तुरबिना पहुँचयुक्त ढाँचा र प्रविधिमा प्राप्त गर्ने अधिकार हुनेछ ।
टेलिफोन ताथ इन्टरनेट लगायतका सञ्चार सेवा प्रदायकले आफूले प्रदान गर्ने सेवा नेपाल सरकारले तोकिदिएको अवधिभित्र अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्त ढाँचा र प्रयोग गर्न मिल्नेगरी उपलव्ध गराउनुपर्नेछ । (अपाङ्गता अधिकार एन २०७४ तथा भौतिक तथा सञ्चार सेवा निर्देशिका २०६९)

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्