NDFN Logo

बहिरा व्यक्तिहरूका लागि आर्थिक सहयोग तथा तालिमका बारेमा जानकारी

बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा बाहेक उपलब्ध हुन सक्ने आर्थिक सहायत र विविध तालिम को बारेमा यहाँ जानकारी दिईएको छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

नेपाल सरकारले बहिरा अपाङ्गता भएका व्यक्तिको लागि प्रचलित कानूनमा उल्लेखित सामाजिक सुरक्षाको अतिरिक्त नेपाल सरकारले समय समयमा तोके बमोजिमको रकम आर्थिक सहयोग वा सामाजिक सुरक्षा बापत उपलब्ध गराउने छ ।
क. बहिरा व्यक्तिका परिवारका सदस्यलाई साङ्केतिक भाषा तालिम निःशुल्क उपलब्ध गराइनेछ ।
ख. आर्थिक सहयोग वा सामाजिक सुरक्षा तथा तालिम सम्बन्धित स्थानीय तहले अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्नेछ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्