बहिरा अपाङ्गता भएका व्यक्तिहरूको लागि न्यायमा पहुँचका अधिकारहरू के कस्ता रहेका छन् र ती कसरी प्राप्त गर्ने भन्ने बारे यहाँ बुझ्नुहोला ।
बहिरा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच सुनिश्चित गर्न निःशुल्क कानूनी सहायताको अधिकार हुनेछ । हरेक स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समितीबाट पनि निःशुल्क कानुनी सहायता लिन सकिन्छ ।(नेपालको संबिधान २०७२ मा स्थानीय सरकार सम्बन्धमा गरिएको व्यवस्था ।)