स्थानीय पालिकाबाट नाता प्रमाणित सिफारिस लिने प्रकृयाको जानकारि यस सामाग्रीमा पाइन्छ।
– व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन ।
– सम्बन्धित वडाको किटानी वडा मुचुल्का ।
– नाता खुल्ने वा भिड्ने लिखत प्रमाणको प्रतिलिपि ।जस्तैः जन्म दर्ता, विवाह दर्ता मृत्यु दर्ता आदि ।
– नाता कायम हुने व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
– उमेर नपुगेको हकमा जन्म दर्ता प्रमाणपत्र वा विद्यालयको सर्टिफिेकट ।
– बसाई सरी आएको भए, बसाई सराईं प्रमाणपत्रको प्रतिलिपि ।
– हालसालै खिचेको पासपोर्ट साइजको श्यामश्वेत फोटो २ प्रति ।