सहयोग

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघिय महासन्धी २००६ (युएनसीआरपीडी) मा कस्ता प्रावधानहरू रहेका छन्?

अपाङ्गता भएका व्यक्तीहरूको अधिकारसम्बन्धी अन्तराष्ट्रीय महासन्धीमा सुनाईसम्बन्धी अपाङ्गता भएका व्यक्तीहरूका लागी उल्लेख गरिएका प्रावधान र अधिकारहरूको बारेमा यस सामाग्रीमा उल्लेख गरिएको छ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघिय महासन्धी २००६ र यसको इच्छाधिन आलेख सहित नेपालले २००९ डिसेम्बेरमा नेपालको संसदले पारित गरि सन २०१० को मे महिनामा नेपाल सरकारले संयुक्त राष्ट्रसंघमा जानकारी गराइसकेको छ ।अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागी कोशेढुंगा मानिएको उक्त महासन्धिमा जम्मा ५० धारा रहेका छन् | उक्त महासन्धि सुनाइ सम्बन्धि अपाङ्गता भएका बहिरा समुदायका केहि महत्वपूर्ण र विशिष्ट अधिकारहरु सुनिश्चित गरिएका छन् |
महासन्धिमा भाषाको परिभाषामा बोली र साङ्केतिक भाषा तथा अन्य प्रकारका ध्वनीरहित भाषाको रुपमा परिभाषित गरेको छ |
धारा ९ पहुँचयूक्ततामा सुविधाहरुको पहुँचमा सहजता प्रदान गर्न ब्यबसायिक साङ्केतिक भाषा अनुवादक लगायत प्रत्यक्ष सहयोग तथा सहयोगीहरु उपलब्ध गराउने तथा अपाङ्गता भएका व्यक्तिहरुको सूचनामा पहुँच सुनिश्चित गर्न अन्य उपयुक्त किसिमका सहायता र सहयोगको प्रबर्धन गर्ने व्यवस्था गरेको छ |
जोखिमका अवस्थाहरु तथा मानवीय संकटहरु सम्बन्धि धारा ११ ले सशस्त्र द्वन्द्व, मानवीय संकट तथा प्राकृतिक प्रकोपहरु घटेका अवस्थाहरु लगायत जोखिमका अन्य अवस्थाहरुमा अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण र सुरक्षा सुनिश्चित गर्न सम्पूर्ण आवश्यक उपायहरु अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको छ |
धारा १२ ले अपाङ्गता भएका व्यक्तिहरुलाई कानूनको अगाडि व्यक्तिको रुपमा सर्वत्र मान्यता पाउने अधिकार सुनिश्चित गरेको छ |
धारा २४ ले साङ्केतिक भाषा सिक्ने, बहिरा समुदायको भाषिक पहिचानको प्रबर्धन बहिरा वा श्रवण दृष्टिविहिन वालवालिकाहरुलाई सबैभन्दा उपयुक्त भाषा र तरिका तथा सञ्चार माध्यमबाट एवम् प्राज्ञिक र सामाजिक विकासलाई अधिकतम बनाउने वातावरणहरुमा शिक्षा प्रदान गरीएको सुनिश्चित गर्ने, साङ्केतिक भाषामा योग्य अपाङ्गता भएका शिक्षकहरु लगायत अन्य शिक्षकहरु नियुक्त गर्ने अपाङ्गता भएको व्यक्तिहरुलाई सहयोग गर्न सञ्चारका उपयुक्त सम्बर्धनात्मक एवम् वैकल्पिक उपाय, सञ्चारको माध्यम तथा ढाँचा शैक्षिक प्रविधि र सामग्री समाहित भएको हुनुपर्ने प्राबधान समावेश गरेको छ ।
धारा २५ मा अपाङ्गताको आधारमा हुने भेदभाव विना अपाङ्गता भएका व्यक्तिहरुलाई उच्चतम प्राप्यस्तरको स्वास्थ्य प्राप्त गर्ने अधिकार, स्वास्थ्यसँग सम्बन्धित पुर्नस्थापना लगायत लैङ्गिक संवेदनशील भएका स्वास्थ्य सेवाहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ |
धारा २७ ले काम र रोजगार अपाङ्गता भएका व्यक्तिहरुको अन्य व्यक्तिहरु सरह समान आधारमा काम गर्न पाउने अधिकार, त्यस्तो अधिकारमा श्रम बजारमा अपाङ्गता भएका व्यक्तिहरुले स्वतन्त्रतापूर्वक छनौट र स्वीकार गरेको काम गरी जीवन निर्वाह गर्न पाउने अवसर तथा खुल्ला, समावेशी तथा पहुँचयोग्य वातावरणमा काम गर्ने अधिकारसमेत समावेश गरेको छ |
राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागिता अन्तर्गत धारा २९मा अपाङ्गता भएका व्यक्तिहरुलाई अन्य व्यक्तिहरु सरह समान आधारमा राजनीतिक अधिकार तथा त्यस्तो अधिकारहरुको उपभोग गर्ने अवसर, मतदान गर्ने तथा निर्वाचित हुने लगायत प्रत्यक्ष वा स्वतन्त्र रुपमा चुनिएका प्रतिनिधीहरु मार्फत राजनीतिक तथा सार्वजनिक जीवनमा प्रभावकारी एवम् पूर्ण रुपमा सहभागी हुने मतदानका प्रक्रिया, सुविधा र सामग्रीहरु उपयुक्त, पहुँचयोग्य तथा बुझ्न एवम् प्रयोग गर्न सहज भएको सुनिश्चित गरेको छ |

धारा ३० ले अपाङ्गता भएका व्यक्तिहरुलाई अन्य व्यक्तिहरु सरह समान आधारमा साँस्कृतिक जीवन, मनोरञ्जन, विश्राम तथा खेलकुदमा सहभागिता हुने अधिकार एबम साङ्केतिक भाषा तथा बहिरा संस्कृति लगायत विशेष साँस्कृतिक तथा भाषिक पहिचानको मान्यता र सहायता पाउने हकको प्रत्याभूति गरेको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
crossmenu linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्