
राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपालका सुनाई सम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिहरुको छाता संगठनका रुपमा कार्यरत राष्ट्रिय स्तरको संस्था हो । हालैको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा प्रभावित बहिरा व्यक्तिहरुले साङ्केतिक भाषाका दोभाषे सेवाको अभावमा राहत, सेवासुबिधा, पुनर्स्थापना, तथ्यांक संकलन लगायतका कार्यक्रम एवं सुचना तथा संचारमा पहुँचवाट वन्चित हुनुपरेको छ । तसर्थ, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा बाढी प्रभावित बहिरा तथा श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुलाइ आवश्यकता अनुसार सेवासुबिधा, कार्यक्रम, तथ्यांक संकलन, पुनर्स्थापना प्रक्रियामा सहयोग पुर्याउने, सरकारी सहायता तथा सेवामा संचारमा पहुँच सुनिश्चित गर्न समन्वय, सुचना तथा संचारमा आवश्यकता अनुसार सहजीकरण गर्ने उद्देश्यले एक जना नेपाली साङ्केतिक भाषा दोभाषे आवश्यक परेको हुँदा देहायबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ ।
१) पदसम्बन्धी योग्यता :
| पद | नेपाली साङ्केतिक भाषा दोभाषे (Nepali Sign Language Interpreter) |
| आवश्यक संख्या | १ (एक) जना |
| कार्यकाल | १ (एक) वर्ष |
| मुख्य कार्यस्थल | - नुवाकोट बहिरा संघ, विदुर नुवाकोट - नुवाकोट, रसुवा तथा धादिङ जिल्ला (आवश्यकताअनुसार स्थलगत भ्रमण गर्नुपर्ने) |
| प्रकाशित मिति | २०८३ कार्तिक ९ गते सोमबार । |
| प्रतिवेदन बुझाउने | नुवाकोट बहिरा संघ, राष्ट्रिय बहिरा महासंघ नेपाल |
| न्युनतम शैक्षिक योग्यता | - मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको । - नेपाली साङ्केतिक भाषा तालिम लिई प्रमाणपत्र प्राप्त गरेको । - साङ्केतिक भाषाको दोभाषेको रुपमा सेवा प्रदान गरेको अनुभव भएको । |
| संलग्न गर्नुपर्ने कागजातहरु | १. निवेदन २. अद्यावधिक व्यक्तिगत विवरण (CV) ३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ४. नेपाली सांकेतिक भाषा दोभाषेको तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि ५. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ६. पासपोर्ट साइजको फोटो |
| बान्छनीय योग्यता तथा सीप | - नेपाली सांकेतिक भाषा, स्पर्श सञ्चार र नेपाली भाषामा राम्रो दखल भएको । - अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कानुन र प्रावधानहरू बारे सामान्य जानकारी भएको । - बाढीपछिको पुनर्स्थापना, राहत तथा सरकारी सहायता प्राप्त गर्ने प्रक्रियाबारे जानकारी भएको । - कम्प्युटरको आधारभूत ज्ञान भएको । - नुवाकोट जिल्लामा रही कार्य गर्न इच्छुक भएको । - दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र भएकोलाई प्राथमिकता दिइनेछ । |
| कार्यभार | छनोट भएका उम्मेदवारले मुख्यतः निम्न लिखित कार्यहरू गर्नुपर्नेछ: - बाढी प्रभावित बहिरा तथा श्रवणदृष्टिविहीनता भएका व्यक्तिहरूलाई दोभाषे सेवा प्रदान गर्ने । - प्रभावित व्यक्तिहरूको क्षति, आवश्यकता पहिचान गर्न, तथ्यांक संकलन गर्न सम्बन्धित निकायसँग समन्वय गर्न तथा पुनर्स्थापना प्रक्रियामा सहयोग गर्ने । - सरकारी तथा अन्य संघसंस्थाहरुवाट प्रदान गरिने राहत, सहायता, सेवा तथा सुविधामा पहुँच प्राप्त गर्न आवश्यक सञ्चार तथा समन्वयमा सहजीकरण गर्ने । - प्रभावित जिल्लाहरूमा आवश्यकता र कार्ययोजनाअनुसार स्थलगत भ्रमण गरी सेवा प्रदान गर्ने सेवाको अद्यावधिक गर्ने । - सम्बन्धित समुदाय, स्थानीय बहिरा संघ, सरकारी निकाय तथा अन्य सरोकारवालाहरूसँग समन्वय गर्ने । - सम्पन्न कार्य, पहिचान गरिएका समस्या, प्रगति तथा आवश्यक सहयोगसम्बन्धी प्रतिवेदन तोकिएको बमोजिम नियमित रूपमा बुझाउने । - बाढी प्रभावित बहिरा नागरिकहरुको आवश्यकता बमोजिम अन्य कार्य गर्ने । - संस्थाको आचारसंहिता, गोपनीयता, बालबालिका तथा जोखिममा पर्न सक्ने व्यक्तिहरूको संरक्षणसम्बन्धी नीति र अन्य लागू हुने मापदण्डहरूको पालना गर्ने । |
| दरखास्त पेस गर्ने इमेल | [email protected] |
| दरखास्त पेस गर्ने अन्तिम मिति: | २०८३ कार्तिक १५ गते, आइतबार, कार्यालय समय साँझ ५:०० बजेसम्म । नोट: तोकिएको म्यादपछि प्राप्त भएका वा आवश्यक कागजात समावेश नगरिएका तथा विवरण अपूर्ण भएका दरखास्त उपर कारबाही गरिने छैन । |
पुनश्च, अपाङ्गता क्षेत्र विशेष गरि बहिरा तथा श्रवणदृष्टि विहीनताका क्षेत्रमा काम गरेको वा विपद् प्रतिकार्यमा काम गरेको अनुभवलाई विशेष प्राथमिकता दिइनेछ । राष्ट्रिय बहिरा महासंघ नेपालले समावेशितालाई विशेष महत्व दिन्छ । तसर्थ, योग्यता पुगेका सुनाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिका अभिभावक, महिला, मधेशी, मुस्लिम, दलित तथा पछाडि परेका तथा सीमान्तकृत समुदायका व्यक्तिहरुलाई दर्खास्त पेश गर्न महासंघ प्रेरित गर्दछ ।
राष्ट्रिय बहिरा महासंघ नेपाल आफ्नो कार्य क्षेत्रमा पर्ने बालबालिका तथा जोखिममा पर्न सक्ने व्यक्तिहरु तथा संस्थामा आबद्ध कर्मचारी र सरोकारवालाहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दछ । तसर्थ, छनोटमा परेका उम्मेदवारहरुको यस सम्बन्धमा उच्च प्रतिबद्धता र यस पूर्व कुनै सुरक्षा उल्लंघनको घटनामा संलग्न नभएको पूर्ण रुपमा सुनिश्चित गरिनेछ ।
छोटो सूचीमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियाका लागि सम्पर्क गरिनेछ । प्रस्ताव परेका कुनै वा सबैलाई छनौटमा राख्ने वा नराख्ने विषयको निर्णय गर्ने अधिकार महासंघमा निहित हुनेछ ।
यस सम्बन्धमा टेलिफोनमार्फत सोधपुछ नगर्नुहुन अनुरोध गरिन्छ ।

