
राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपालमा रहेको सुनाई सम्बन्धी अपांगता भएका व्यक्तिहरुको राष्ट्रियस्तको संस्था हो । यस संस्थाले हाल काठमाडौँ, विराटनगर र पोखरामा श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूके शिक्षा तथा डिजिटल स्रोतमा पहुँचको सवालमा कार्य गर्न १ वर्षे कार्यकाल लागि तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ । दरखास्तका साथमा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिक प्रमाणपत्र को प्रतिलिपिहरु र अद्यावधिक व्यक्तीगत विवरण संलग्न गरि मिति २०८३ कार्तिक १२ गते कार्यालय समय ५ बजे भित्र इमेल ([email protected]) मार्फत वा संस्थाको पत्राचार ठेगाना ११३३८, काठमाडौँमा पेश गर्न सूचित गरिन्छ । म्याद नाघी आएका र रित नपुगेका दरखास्त उपर कुनै कारवाही हुने छैन ।
| संख्या | १ एक |
| न्युनतम शैक्षिक योग्यता | मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उतिर्ण |
| बान्छनीय योग्यता | कम्तीमा २ वर्ष परियोजना संचालन गरेको अनुभव,अपांगता सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्टिय निति नियम तथा कानुनहरु,अपांगता ऐन, निती,सि=आर=पि=डि= दिगो विकास लक्ष्य आदिका बारेमा राम्रो जानकारी भएको । सर्बनुकुलित ढाचा, समाबेसी शिक्षा, Communication and Information technology तथा डिजिटल पहुँचयुक्तताका मापदण्ड र अभ्यासहरू सम्बन्धी राम्रो ज्ञान भएको । अंग्रेजीमा लिखित तथा मौखिक दुबैमा राम्रो दखल रहेको । सांकेतिक भाषा, ब्रेल तथा संचारका अन्य वैकल्पिक माध्यमहरुका बारेमा सिक्न र सोही अनुरुप कार्य गर्न इच्छुक |
पुनश्च, अपांगता क्षेत्र बिशेष गरि बहिरा तथा श्रवणदृस्टी बिहिन्ताका क्षेत्रमा काम गरेको अनुभवलाइ विशेष प्राथमिकता दिइनेछ । राष्ट्रिय बहिरा महासंघ नेपाल समावेशितालाई विशेष महत्व दिन्छ तसर्थ योग्यता पुगेका अपांगता भएका व्यक्ती र उनिहरुका अभिभावक महिला, मधेशी, मुस्लिम, दलित तथा पछाडि परेका तथा सिमान्तकृत समुदायका व्यक्तीहरु प्रस्ताव गर्न प्रेरित गर्दछ ।
राष्ट्रिय बहिरा महासंघ नेपाल अफ्नो कार्य क्षेत्रमा पर्ने बालबालिका तथा जोखिममा पर्न सक्ने व्यक्तिहरु तथा संस्थामा आबद्ध कर्मचारी र सरोकारवालाहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दछ तसर्थ छनोटमा परेका उम्मेदबारहरुको यस सम्बन्धमा उच्च प्रतिबद्धता र यस पूर्व कुनै सुरक्षाको उलंघनको घटनामा समावेश नभएको पूर्ण रुपमा सुनिश्चित गर्नेछ | छनौट सुचीमा परेका उम्मेदवारहरुलाइ मात्र छनौट प्रक्रियाका लागि सम्पर्क गरिनेछ । प्रस्ताव परेका कुनै वा सबैलाई छनौटमा राख्ने वा नराख्ने विषयको अधिकार महासंघमा निहित हुनेछ ।
https://www.jobsnepal.com/project-coordinator-144643
कृपया टेलिफोनद्वारा सोधपुछ नगर्नुहोला ।
प्रकाशित मिति : २०८३ असोज २९ गते