NDFN Logo

कोशी अस्पतालमा नवजात शिशुको सुनाइ परीक्षण सेवा सुरु

राष्ट्रिय बहिरा महासंघ नेपाल र बहिरा-दृष्टिविहिन अभिभावक समाज-मोरङको संयुक्त आयोजना तथा Sense International को सहयोगमा मिति २०८३ असार १२ गते विराटनगरस्थित कोशी प्रादेशिक अस्पताललाई नवजात शिशुको सुनाइ परीक्षणका लागि दुईवटा आधुनिक उपकरण (OAE र OAE-AABR) औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।  सुनाइसम्बन्धी समस्या समयमै पहिचान हुन नसकेका कारण बालबालिकाको भाषा विकास, सिकाइ तथा समग्र विकासमा दीर्घकालीन असर पर्ने गरेकोले यो सेवा नेपालमा नवजात शिशुको प्रारम्भिक सुनाइ परीक्षणको महत्वपूर्ण सुरुवातका रूपमा लिइएको हो ।

Image

यससँगै कोशी अस्पताल नवजात शिशुको सुनाइ परीक्षण सेवा सञ्चालन गर्ने नेपालकै पहिलो सरकारी अस्पतालबाट सुरु हुने जनाईएको छ । यस कार्यक्रमअन्तर्गत प्रसूति तथा नवजात शिशु वार्डका १५ जना स्वास्थ्यकर्मीलाई दुई दिने नवजात शिशुको सुनाइ परीक्षणसम्बन्धी व्यावहारिक तालिम पनि प्रदान गरिएको थियो । तालिमपश्चात स्वास्थ्यकर्मीहरूले जन्मेको प्रारम्भिक अवस्थामै शिशुको सुनाइ परीक्षण गरी आवश्यक परामर्श, थप परीक्षण तथा उपचारका लागि सम्बन्धित सेवामा समयमै रेफरल गर्नेछन् । यो पहल नेपालमा प्रत्येक बालबालिकाको सुनाइसम्बन्धी समस्या समयमै पहिचान गर्ने, प्रारम्भिक सहयोग सुनिश्चित गर्ने एक महत्वपूर्ण ऐतिहासिक कदमका रूपमा रहेको छ ।

  • थप विवरण मैथिली अनलाइन भिडियो यहाँ हेर्नुहोस् ।
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्