NDFN Logo

कोशी प्रदेशमा दोभाषे सेवा परिचालन वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

राष्ट्रिय बहिरा महासंघ नेपाल कोशी प्रदेश समितीको आयोजना तथा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको सहयोगमा आर्थिक वर्ष २०८२/०८३ को सांकेतिक भाषा दोभाषे सेवा परिचालन वार्षिक समीक्षा कार्यक्रम मिति २०८३ असार  १७ गते बिराटनगरमा सम्पन्न भएको थियो ।

Image

कोशी प्रदेशका जिल्ला बहिरा संघका अध्यक्षहरु, जिल्लाका कार्यरत सांकेतिक भाषा दोभाषेहरु तथा प्रतिनिधिहरु गरि ३५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका मन्त्री रामप्रसाद महतोले विगत केही वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको सांकेतिक भाषा दोभाषे सेवा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिई आवश्यक बजेट व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । विशेष अतिथी सोही मन्त्रालयका प्रदेश सचिव उद्धवप्रसाद रिजाल सांकेतिक भाषा दोभाषे सेवालाई थप प्रभावकारी, व्यवस्थित र दीर्घकालीन बनाउन आवश्यक कार्यविधि तयार गरी कार्यान्वयन गरिने र सम्बन्धित जिल्लाका सदरमुकामस्थित स्थानीय तहहरूमा यस सेवाका लागि बजेट व्यवस्था भइसकेको जानकारी दिँदै प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो ।

Image

कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएको सांकेतिक भाषा दोभाषे सेवाको उपलब्धि, प्रभावकारिता, अनुभव, देखिएका चुनौती तथा आगामी दिनमा सेवालाई अझ गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य बनाउने विषयमा सहभागीहरूबीच व्यापक छलफल भएको थियो । छलफलबाट सेवा विस्तार, क्षमता अभिवृद्धि, बजेट सुनिश्चितता तथा प्रभावकारी कार्यान्वयनका लागि विभिन्न महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएको थियो ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्