NDFN Logo

स्थानीय जनप्रतिनिधिहरुसँग अपाङ्गता समावेशी यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकार सम्बन्धी समन्वय बैठक सम्पन्न

एम्प्लिफाई चेन्जको सहयोगमा साझेदार संस्था अपाङ्गता भएका महिलाहरूको महासंघको आयोजनामा मिति २०८३ जेठ ८ गते, जनकपुरधाममा स्थानीय जनप्रतिनिधिहरुसंग अपाङ्गता समावेशी यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकार (SRHR) र व्यापक यौनिकता शिक्षा (CSE) सम्बन्धी समन्वय बैठक सम्पन्न भएको थियो । अपाङ्गता भएका महिला, बालबालिका तथा अन्य व्यक्तिहरूले स्वास्थ्य सेवा, सार्वजनिक सेवा र सामाजिक सुरक्षामा पहुँच प्राप्त गर्न भोगिरहेका चुनौती, विभेद तथा अवरोधबारे आयोजना गरिएको थियो । अपाङ्गता भएका व्यक्तिहरूको लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे स्थानीय जनप्रतिनिधिहरुको समान बुझाइ अभिवृद्धि गर्दै स्थानीय नीति तथा योजनामा समावेशीकरण एवं अपाङ्गता भएका व्यक्तिहरूको सहकार्य तथा सेवामा पहुँच बढाउनु कार्यक्रमको उद्देश्य रहेको थियो ।

Image

उक्त कार्यक्रममा बिभिन्न सरोकारवाला पक्षहरुबाट २७ जनाको सहभागी रहेको बैठकले अपाङ्गता समावेशी योजना, पहुँचयुक्त सेवा तथा निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिताको आवश्यकता सम्बन्धी बुझाइ बिकास गरेको छ ।  बैठकमा उपस्थित जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख किशोरी साह एवं जनप्रतिनिधिहरूले स्वास्थ्य संस्था तथा सार्वजनिक भवनहरूलाई अपाङ्गतामैत्री बनाउने एवं आगामी योजना र बजेटमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, सेवा सुविधा र पहुँच अभिवृद्धिका कार्यक्रम समावेश गर्ने प्रतिबद्धता जनाएका थिए । छलफलबाट अपाङ्गता समावेशी योजना, पहुँचयुक्त सेवा तथा निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिताको आवश्यकता थप स्पष्ट भएको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्