राष्ट्रिय बहिरा महासंघ नेपालले संघीय संसदका दुवै सदनका बैठकको प्रत्यक्ष प्रशारणमा साङ्केतिक भाषा दोभाषेको व्यवस्था गरी संसदका बैठकबारे सुषुचित हुन पाउने बहिरा नागरिकहरुको अधिकार सुनिश्चित गर्न पहलकदमी गरेको छ ।

२०८१ फागुन २१ मा सम्पन्न निर्वाचनवाट नयाँ प्रतिनिधिसभा गठन भएपश्चात प्रतिनिधिसभाका सभामुख सहित सरकारका प्रतिनिधिहरुसंग भेटेर संघिय संसदका बैठकको प्रत्यक्ष प्रशारणमा साङ्केतिक भाषाको व्यवस्था मिलाउन आग्रह गरीएको थियो । सभामुखले संसद्का गतिविधि सबै नागरिकले देख्न र बुझ्न पाउनु नैसर्गिक अधिकार भएको उल्लेख गर्दै यसका लागि आवश्यक व्यवस्थापन गरिने बताउनुभएको थियो ।

समता प्रेसबाट साभार गरिएको समाचार यहाँ हेर्नुहोस् ।