राष्ट्रिय बहिरा महासंघ नेपाल तथा दृष्टिविहिन युवा संघ नेपालको आयोजनामा SCOPE for SRHR कार्यक्रम अन्तर्गत “दौँतरी शिक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम तथा कार्यशाला” मिति २०८२ वैशाख ३ देखि ७ गतेसम्म ललितपुरमा सम्पन्न भएको थियो । पाँच दिने तालिममा देशभरका बहिरा, दृष्टिविहीन तथा शारीरिक अपाङ्गता भएका २६ जना युवाहरू दौँतरी शिक्षकहरूको सहभागिता रहेको थियो ।

तालिमको मुख्य उद्देश्य अपाङ्गता समावेशी दृष्टिकोणमा दौतरी शिक्षक तयार गरी सहभागीहरूको सहजीकरण, सञ्चार, वकालत सीप विकास गर्नु एवं उनीहरुलाई परियोजना क्षेत्रका अपाङ्गता भएका विद्यार्थी अध्ययन विद्यालयमा पठाएर विद्यार्थीहरुलाई यौन, प्रजनन स्वास्थ्य अधिकार तथा बृहत यौनिकता शिक्षा सम्बन्धी ज्ञान, क्षमता अभिवृद्धि गर्नु रहेको थियो । कार्यक्रममा मानव अधिकार, लैङ्गिकता, किशोरावस्था, प्रजनन स्वास्थ्य, गर्भनिरोधक साधन, HIV, लैङ्गिक हिंसा, डिजिटल सुरक्षा, अन्तरसम्बन्धता तथा वकालत सीप सम्बन्धी विषयहरूमा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो ।

तालिमबाट यौन, प्रजनन स्वास्थ्य अधिकार तथा बृहत यौनिकता शिक्षा सम्बन्धी ज्ञान तथा सहजीकरण सिपको विकास भएको सहभागीहरूले जनाएका छन् ।