NDFN Logo

वित्तीय साक्षरता तालिम

राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना तथा सांग्रीला विकास बैंकको सहकार्यमा ५० जना बहिरा युवाहरूलाई वित्तीय साक्षरता तालिम मिति २०८२ चैत ७ गते काठमाडौंमा सम्पन्न भएको थियो ।  तालिममा  बैंकिङ सेवा, बचत योजनाहरू तथा व्यक्तिगत वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञान र सीप, आयआर्जन पश्चाप खर्च सन्तुलन गर्ने, नियमित बचत गर्ने बानी विकास गर्ने तथा भविष्यका लागि आर्थिक योजना निर्माण सम्बन्धि विषयमा तालिम प्रदान गरिएको  थियो ।

Image

तालिममा सहभागीहरूले वित्तीय साक्षरतामा आफ्नो पहुँच न्युन भएको जनाउदै तालिम निकै फलदायी भएको जनाएका थिए । कार्यक्रमको समापनमा महासंघका अध्यक्ष सन्तोष के.सी.ले आगामी दिनमा यस्ता थप तालिमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Image
  • वित्तीय साक्षरता तालिमका युटुब यहाँ हेर्नुहोस् ।
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्