NDFN Logo

भरतपुरमा २ महिने नेपाली साङ्केतिक भाषा तालिम सुरु

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट काठमाण्डौं महानगरपालिका मार्फत राष्ट्रिय बहिरा महासंघ नेपाललाई प्राप्त हुने अनुदान सहयोगमा २ महिने आधारभूत नेपाली साङ्केतिक भाषा तालिम मिति २०८२ चैत्र १२ गते देखि भरतपुर, चितवनमा आरम्भ  भएको छ । तालिममा १४ जिल्लाका १० जना महिला र ४ जना पुरुष गरी जम्मा १४ जना सहभागी रहेका छन् ।

भरतपुर महानगरपालिका वडा नं. ७ का कार्यवाहक अध्यक्ष रिता दर्जीको प्रमुख आतिथ्यता र राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष के.सी.को अध्यक्षतामा तालिम समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।  प्रमुख अतिथि  रिता दर्जीले बहिरा समुदायको पहुँच अभिवृद्धिका लागि साङ्केतिक भाषाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै यस्ता तालिमले समावेशी समाज निर्माणमा टेवा पुर्‍याउने बिश्वास ब्यक्त गर्नुभएको थियो । महासंघका अध्यक्ष सन्तोष के.सी.ले तालिमको उद्देश्य, संरचना र अपेक्षित उपलब्धिबारे जानकारी दिनुभएको थियो । कृष्ण गजुरेल तालिमका प्रमुख प्रशिक्षक रहनुभएको छ । तालिमबाट साङ्केतिक भाषाका दोभाषे उत्पादन गर्ने एवं देशको बिभिन्न स्थानमा रहेका बहिरा नागरिकहरुको आवश्यकता अनुसार दोभाषे सेवा प्रदान गर्ने र सामाजिक समावेशिता बढाउने  उद्देश्यले तालिम कार्यक्रम संचालन गरिएको हो ।

  • कालिका एफ एमबाट साभार गरिएको भिडियो यहाँ हेर्नुहोस् ।
  • पारदर्शी अनलाइनबाट साभार गरिएको समाचार यहाँ हेर्नुहोस् ।
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्